अनुरोध : : Ritesh GrG

डियर जिन्दगी !

म तीस दिनको थिए
बुझ्नुभएन ?
मेरो उमेर एक महिनाको थियो क्या
अझै पनि बुझ्नुभएन ?
आमाको ‘काखमा’ होइन
‘कोखमा’ थिए
एक महिनाको म !

सुतिरहेको थिए आफ्नै तालमा
जसरी सुत्छ, जीवन आफ्नै कालमा !

र एक दिन
कोट्याउन आइपुग्यो नाकलाई
एक झोक्का हावाले लिएर आएको अनौठो
बास्नाले
मेरो नाकले चाखिरह्यो
गन्ध र सुगन्ध मिसिएको त्यो बास्नालाई

बास्नाले तानिरह्यो
बास्नालाई पछ्याइरह्ये

र देखे
बडेमानको सिङ भएको
बडेमानको दारा भएको
बडेमानको ज्यान भएको मान्छेले
बडेमानको कराहीमा खै कुन्नी के पकाउदै रहेछ !

नजिकै गएर सोधेँ, ” को हो तपाईं ?”
बडेमानको मान्छेले दारा देखाउदै भन्यो,
“म यमराज !”

“के पकाउदै हुनुहुन्छ ?” घाँटी तन्काउदै सोधेँ !
“म मृत्यु माथि जीवन पकाउदै छु !” यमराज हास्यो !

बडेमानको करही ‘ मृत्यु ‘ रहेछ,
पाकिरहेको परिकार ‘ जीवन ‘ रहेछ !

“ए, ए ! के के हाल्नुभएको छ यसमा ?”
उत्सुक भए !
“यसमा दुख,सुख ,सपना ,संधर्ष, सफलता,
असफलता, पाप, पुन्य र आयु हालेको छु !”

” मलाई नि दिनुस् न, म नि चाख्छु जीवन !”
मुख मिठ्याए !
यमराजले म तिर हेर्दै भन्यो,
“यो जीवन तिम्रै लागि बनाउदैछु !
तर अहिले होइन , तिमिले आठ महिना पछि मात्र चाख्न पाउछौ !”

“भनेपछि म नौ महिनाको
हुँदा जीवन चाख्न पाउछु !”

म फर्किए खुशी भएर,
अनि बस्न थाले जीवन चाख्न पाउने दिन गनेर !

सपनाहरू देख्न थाले
रहरहरु बुन्न थाले
कल्पनामा डुब्न थाले
जीवन पाउने लोभमा
जीवनको भोकमा
जिन्दगीको लोकमा
म हराउन थाले !

र एक दिन, मैले देखे
बडेमानको दृश्य
बडेमानको आपत्ति
बडेमानको बिपत्ति जो
बडेमानको मृत्यु भएर म तिर दौडिदै रहेछ !

मृत्युको कराहिमा मेरो लागि
पाकिरहेको जीवन पोखिएर आउदै रहेछ !

म भाग्न सकिन
मैले गुहार माग्न सकिन
मृत्युलाई नाघ्न सकिन !

त्यसैले
म पुरिए
निचोरिए
डुबे
अनि म मरे !

जीवनको स्वाद चाख्न नपाउदै मृत्युले
मलाई खायो
चपायो
निल्यो !

डियर जिन्दगी !

मलाई कसले मार्यो ?
पाकिरहेको मेरै जीवनले
कि जीवन पकाउने त्यो यमराजले ?

पत्ता लगाउ है !!

About Admin 95 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*