कथा : : मेरो अधुरो कहानी (भाग १)

सलसलाउदो कालो कपाल अनि त्यही कपाललाई हल्लाइरहेको मन्द हावा । चाक्ला निधार। सायद भाग्यमानी होलिन । सेता आँखा, आखाको बिच मा खैरा नानी अनि त्यस्लाई छोप्ने कालो फ्रेम वाला गोला गोला चस्मा। चस्मा अड्याउन लाई चुटुक्कको नाक , नाक लाई सोभा दिन फैलिएको पातला ओठ, ओठको बिचमा सानो कोठी , त्यो सेतो चम्किने खालको मुहार, उनिलाई देख्नी बित्तिकै म झल्यास्स भएको म । मैले उनलाई देख्ने बित्तैकै उनिलाई नै आफ्नो मनमा राख्न थालिसकेको थिए । उनको त्यो ओठको कोठिलाई जिब्रोले खेलाउदै संसार चुम्ने सपना देख्न भ्याईसकेको थिए मैले । तर पूरा गर्ने पो कसरी । बोल्न कहाँबाट सुरु गरौं??

 

त्यत्तिकैमा रोशन भनौदा उसैको नजिकको कुर्सीमा बस्यो । हात अघि बढायो । ह्यान्ड सेक गर्न । केटीले पक्का दिन्न जस्तो लाथ्यो र मलाई नदिए हुन्थ्यो जस्तो भैराथ्यो । बोली बुझेको थिइन तिनीहरुको टाढा भएकाले । केटीले पातला ओठ तन्काई । ओहो, त्यो मीठो हासो अनि मिलेका दातका पङ्त्ती । मुसुक्क मुस्कुराई ।जतिबेला उनको त्यो नरम गाला प्वाल परेको देखे, मेरो हृदयको ढुकढुकी झन बढ्न थाल्यो। लौ खत्तम भयो जे सोच्या थिए त्यसको ठ्याक्कै उल्टो भयो । केटीले पनि हात अगाडि बढाई । मैले गर्नु पर्ने उनको नरम हातको स्पर्श रोशनले गर्यो । रोशन प्रती बल्ल रिस उठ्न थाल्यो । बाहिर सोझो भएनी भित्र खत्तम छ भन्थ्ये भन्न त अरुले नभन्दै खत्तम नै रहेछ । मेरो पर्न लागेको लभ पनि अब नपर्ने भयो । कस्तो मस्की मस्की बोलेको ह त्यो ?? मान्छे चाहिँ खत्तम नै होइछ जस्तो लाग्यो । रोशन र म बिच प्राय सबै कुराहरु साटासाट हुन्थ्यो । तर उसले यो कोठीवालि भनेर कहिल्यै भनेन न त दिम्पलवाली नै भन्यो । मलाई झन धेरै रिस उठ्न थाल्यो उसँग । यत्तिकैमा उसले आफ्नो मोबाइल झिक्यो नम्बर type गरे जस्तो लाग्यो । ला झन खत्तम भयो । कती फटाहा रहेछ हेर त । मोबाइल नम्बर समेट साटासाट गर्न थालेछन् । म कति सम्म चुर भैसके भन्ने मलाई मात्र थाहा थियो । यत्तिकैमा केटीले पनि मोबाइल झिकी । अब त मलाई पुरै confirm भयो कि तिनीहरु अब फोनमा बोल्छ्न , फेसबुकमा add गर्छन र बिस्तारै मायाको संसारमा ढल्छन् ।

 

एक्लो महसुस गरिरहेको म , मेरो मोबाइल बज्यो । फोन उठाए र राखे । त्यतिन्जेल केटी रोशनको ठाउँबाट कतै गैसकेकी रहिछे । अनि म त्यो रोशनको नजिकैको कुर्सीमा गए र बसे । अरुबेला कुर्सीमा बस्दा पनि पट्यार लाग्ने मलाई आज त्यही कुर्सी कपास जस्तै नरम लागेको थियो ।स्वर्ग महसुस गरि सक्या थिए मैले । अनि टाउकोमा एक प्याट्ट पिट्दै भने,” अघि केटी यहि हुँदै फोन गरेर बोलाउन पर्दैन?? अब को सँग बोल्ने म ??” रोशनले मलाई नै क्वाप्पै खाइदिउलाको नजरमा हेर्यो । उस्को हेराईमा म को हो त तेरो भन्ने भाव झल्किरहेको थियो । अनि मैले त्यसैमा थपे,” केटीले छोडेर गएसी भएनी धन्न सम्झिदो रैछस “। यति भन्दा रोशन रिसले चुर भैसकेको थियो । उसको रातो अनुहार गाढा रातो भैसकेको थियो । एकछिन त उ चुप लाग्यो अनि साइडमा भएको बोत्तलबाट पानी पियो ।

 

बिस्तारै मुख खोल्यो,” तलाई थाहा छ सानोमा त कती सोझो थिइस?? केटी भनेसी तेरो सातो जान्थ्यो। अहिले आएर खुब अघिनै बोलाउन पर्थ्यो नि रे |” अब रातो हुने पालो मेरो रहेछ मैले मनमनै सोचे । सायद अब यस्ले सुरक्षाको कुरा पक्कै झिक्छ जस्तो लाउन थाल्यो मलाई । भाडाकुटी खेल्दा देखि नै मन पराउथे त्यस्लाई म । सानै थिए त्यतिबेला अहिले भएको भए त त्यो मेरै हुन्थ्यी होली । घरबाट केही खानेकुरा ल्याए भने कति खुसी हुन्थी। मेरो जुठो को त ख्याल नै गर्थीन । अनि मैले पनि खान थाले त्यसको जुठो । सायद त्यही जुठो खाएर होला त्यसको माया लाग्ने अनि सम्झना आइरहने । रोशन बोल्यो” खुब केटी केटी भन्छस है पख तलाई, त्यो अघिको केटी पाउने आशै नगर । भन्नी भए सिधै भाउजू भन नत्र तैले त्योसँग बोलेको थाहा पाए भने तेरो सुरक्षा को बारेमा भन्दिन्छु ।” अहिले चाहिँ रोशनले नराम्ररी पेल्यो मलाई । मलाई नरमाइलो लायो । “छोड यी कुरा ” उसले मुख खोल्यो । मलाई अझै झिनो आश थियो कि म त्यो केटीसंग बोल्न पाउछु भनेर । अनि उसको नाम सोध्न पनि सकिराखेको थिइन किनकी उसले भाउजूको नाता दिइसकेको थियो ।एकैछिनमा रोशनको ममीको बर्थे पार्टी सुरु हुनेवाला थियो । रोशनले मुख खोल्यो “आज तलाई surprise छ एउटा ” । मैले surprise दिनुको साट्टो उस्ले पो दिन्छु भन्छ बा । म तीन छक खाए। यो surprise दिने खालको मान्छे त होइन । र उस्ले मेरो आँखा दुई हातले छोप्दियो ।

 

यत्तिकै मा केटीको आवाज आयो,” विशाल” । रोशनले आँखा छोड्यो र भन्यो “चिनिस” ?? घाटीमा SUBI लेखेको लकेट लाएकी थिइ । अनुहार साह्रै मिलेको । तर उसले मेरो नाम कसरी थाहा पाई?? मेरो बारेमा सब भनेछ क्याहो रोशनले । कति छिटो आफ्नो बनाइ सकेको यस्ले । भाउजू हो भन्न मन लाग्या थियो मलाई तर मुन्टो हल्लाएर नचिनेको संकेत दिए मैले । ” तलाई गधा का चिन्थिस त नि अरु केटीहरुसंग रमाएर बसेसी”,यति भन्दै आफ्नो ओठ च्यातेर दात देखाइ। बल्ल चिने मैले सुरक्षा भनेर । त्यस्को हासो कहिल्यै भुल्न सक्दिनथे होला । खुसीले आँखा रसाए ।मलाई थम् थम्याई र भनी ” रुन्चे ” । म हास्न प्रयास गरे । केही बेर कुरा भयो हाम्रो अनि हामी भित्र जानू भन्दा पहिला आफ्नो ब्यागबाट एउटा लकेट झिकी र मलाई लगाईदिई । लकेटमा BISU लेखिएको थियो र त्यहा लेखिएको अक्षर देखाउदै भनी, म अमेरीका पुगेसी बनाको लकेट हो SUBI र BISU लेखेर जहाँ SU बाट मेरो नाम आउँछ र BI बाट तेरो ।साच्चिकै माया गर्दि रै छे मलाई । मलाई भुलिसकी होली भन्ठानेको थिए । तर हरपल सम्झिदी रैछे । कति पटक ऐना हेरी होली, हरेकपल्ट ऐना हेर्दा लकेटमा मेरो नाम हेर्दै कति पल्ट बोलाई होली । सायद मलाई आउने बाडुल्की त्यस्कै नामबाट होला । म एकोहोरिए । हात घाँटीमा पुर्याए र त्यस्ले लगाइदिएको लकेटका प्रतेक अक्षरहरु स्पर्श गरे । B –I — S– U जतिबेला पनि SU बाहेक अरु स्पर्श गर्न सकिन । सायद मेरो भाग्यमा त्यही नाम कोरिएर होला ‘मेरी सुरक्षा’ ……… ।

 

आज ऊ रोशनकोमा बस्ने कुरा मैले थाहा पाए । अब मलाई घर जान पनि मन लाग्न छोड्यो। बाहाना बनाउनको निम्ति रात पर्नु नै काफी थियो बस अब रोशन को मुखबाट सुन्न पाए हुन्थ्यो जस्तो मनले मानेको थियो । पार्टी लगभग सकियो । घडी हेरे ,९ बजेको रहेछ । १० मिनेट जति टाढा थियो मेरो घर । अब बिदा हुनपर्यो जस्तो मनले मान्यो । रोशनले रोक्ला भन्ने आश धेरै थियो । मैले भने ” ल त रात परिसक्यो म जान्छु अब “। सुरक्षाले निधार खुम्च्याई । उसले पनि नगए हुन्थ्यो जस्तो मानेकी थिइ । रोशनले मुख खोल्यो,” ल त नि राम्रोसंग जा । बेला बेला आउदै गरेस” । भएको झिनो आश पनि सकियो । रोशनको मम्मीले भन्नुभयो ” बसे हुन्थ्यो के रे । अब नबस्ने नै भए त के भनम,रोशन अलि पर सम्म छोडेर आईज”। बस्न कसैले जबरजस्ती नगरेपछी जानै पर्ने भयो।सुरक्षाले मुख खोली “म पनि जान्छु है रोशन दाइसंग”

 

रोशनको पछाडी दाइ झुन्डिएपछि बल्ल याद भयो मलाई रोशन त सुरक्षाको मामाको छोरा पो त । म किन तर्सिए होला अघि भाउजू भन भन्दा । रोशनलाई निस्कने संकेत दिदै हामी तीन जना घरबाट निस्कियौ । रोशन मेरो देब्रेपट्टी थियो भने सुरक्षा दाहिने तिर । मेरो नजर ओठको कोठीमा गयो । अनि नजर घाटीमा भएको लकेटमा । अध्यारोमा लकेटको नाम टल्किदो रहेछ । SUBI लेखेको प्रष्टै देखे । अब देखि सुबि नै भनेर बोलाउछु भन्ने निधो गरे । उसलाई साथीहरुले पनि सुबि भनेर चिन्छ्न भन्ने कुरा गरेकी थिई ।

 

सुबि भनेर बोलाए उ मधुरो स्वरमा हजुर भनि । अँध्यारो थियो । सायद रोशन ट्वा परेको थियो होला। बिस्तारै सुबिले मेरो हात समाई । मैले पनि नया आभाष पाउनका तिम्ती उस्को हात समाते । मेरो हत्केलाले उनको नरम हत्केला बिस्तारै अठ्याए । सायद दुख्यो होला तर भन्न सकिन । रोशन आफ्नो तालमा हिडिरहेको थियो। अरुबेला खुब बोल्ने मान्छे आज मौन थियो। सायद मेरो मर्म बुझ्यो होला उसले । खुसी लाग्यो मलाई । हामी एउटा खोल्सोमा आइपुग्यौ । सानोमा त्यहा भुत हुन्छ भनेर त्यो ठाउँमा पुग्ने बित्तैकै भाग्थ्यौ । रोशनले सुबिलाई डराउन दिने हेतुले भुते खोल्सो आयो है भन्यो । बिचरी डराएर होला मेरो हात झन बेस्सरी समाई । अलिक पर पुगेसी हात खुकुलो बनाई । अलिपर एउटा बस्ने ठाउँ थियो घाँस काटेर आउनेहरुको लागि आड लिने ठाउँ । त्यहा पुगेसी सुबिले मुख खोली , “एकछिन बसम न यहाँ “मैले पुर्लुक्क हेरे उसलाई, मुसुक्क मुस्कुराई । रोशनले मुख खोल्यो,”गाउमा नया मान्छे तिमी नै हौ, अब पाउनाले भनेको मान्नै पर्यो ।” नबसम भन्छ कि जस्तो लाग्या थियो धन्न बाच्यो। मेरो मनले रोशन नभएको भए भन्ने ठानेको थियो । अनि त यहि मौका छोपेर त्यो ओठको स्वाद लिन्थे होला । तर सपना सपना मात्रै हुन्छ जस्तो लाग्यो । रोशनले मौन भएर मतिर हेरिराखेको थियो । मैले उस्लाई संकेत दिदै तल तिर जा भन्दै थिए । उ कुम हल्लाउन थाल्यो। कुरा भैराखेको भने थिएन । मौनता भङ्ग गर्दै मैले बोले” सुबि, कति दिनको हो त बसाई?” उसले पनि कुम हल्लाई । रोशनको भन्दा निकै चाख लाग्ने गरेर हल्लियो उनको कुम । मलाई त्यस्तै लागेको हो या साच्चिकै मज्जाले हल्लिएको त्यो छुट्याउन सकेको थिइन । “तिमीहरु बोल्दै गर म यसो ” भन्दै कान्छी औला देखाएर रोशन तल्लो बाटो लाग्यो । मैले कुरा बुझे । उसले मेरो इसारा पूरा गर्न त्यसो गरेको थियो । म मनमनै निकै खुसी भए तर मलाई थाहा छैन सुबिको मनमा के चलिरहेको थियो भन्ने कुरा । सुनसान रातमा अहिले उ र म तर म रुझेको मुसो जस्तै । “किन नबोलेको त? आजकाल नि लजाउन छोडेको छैनस् क्या हो अझै?” म झस्किए । मेरो बानी अझै हटेको रहेनछ क्या हो । अरुले त तँ निकै फटाहा छस भन्थे। तेरो त ३/४ ओटा gf होलान भन्थे । मलाई मेरो क्षमतामा दुखेसो बल्ल लाग्यो । “त्यस्तो होइन । कहाँ लजाउनु म?” यति भन्दासम्म मेरो हात उनको घाटीसम्म पुगिसकेको थियो । मेरो मुटुले ढुकढुकीको गति बढाइराखेको थियो । सायद मेरो लाज हराइसक्यो होला भन्ने सोचिसकी होली त्यस्ले । म भने के गरम के नगरमको अवस्थामा थिए । “कति तातो शरीर हो तेरो । रगत तातो रैछ । यस्तो कुरा नगर न मलाई कस्तो अड लाउछ के । नत्र फेरि सिधै ….. ” बोली पूरा गर्न नपाउदै मुख खोली,” डरपोक” । अनि उल्टै मेरो घाँटी तानी र मेरो ओठमा आफ्नो ओठ जोडि । जिउ सिरिङ्ग भयो मेरो। कस्तो नडराइकी । शरीरमा उत्तेजना बढीराखेको थियो । कस्तो अनौठो स्वाद । कोठिको स्पर्श गर्न पाए मैले त्यो पनि उसैको प्रयासमा । म धन्ने भएको आभाष गरे ।

 

म आत्तिसकेको थिए । अनि बिस्तारै म छुट्टिए । अनि भने,” छुच्ची” ।

 

ऊ नबोली मन्द मुस्कान छरिरही ।

 

सास फेरेको बाहिरै सम्म सुनिएको थियो । निकै लामा लामा सास लिइराखेका थियौ । यत्तिकैमा रोशन आइपुग्यो । धन्न चाडै आएन । कस्सो बाँचे। कि लुकि लुकि चियो त गरेन । मनमा डर लाउन थाल्यो । हुन त त्यस्तो अध्यारोमा के देख्थ्यो । मन हल्का ढुक्क भयो । ” ल म यहाँबाट जान्छु, तिमीहरु जाओ” मैले बोले । सुबिले हाम्रो घरसम्मै जाने र फर्किने कुरा गर्दै थिइ । अनि उतै बसम भन्ने कुरा गरे पछि र रोशन फर्कनै पर्ने भएपछी हामी त्यही बाटै छुट्टिने सल्लाह गर्यौं। म रोशनसँग हात मिलाए अनि सुबिसंग पनि । कति नरम हात सुबिका । यसपाली भने सुबिले मेरो हात अठ्याई । र मैल दुखेको भन्दा काउकुती लाएको आभाष गरे । छुट्टिनु रहर होइन बाध्यता थियो। उनिहरु उकालो लागे। देखिन्छ कि भन्दै हेरे तर कालो धब्बा बाहेक अरु केही नदेखेपछी म घर तिर ओरालो लागे।

 

बिहानै रोशनको घर पल्तिरको एउटा फुच्चे रोशन दाइले बोलाउनु भछ छिट्टो आउनु रे भन्दै आइपुग्यो । घास काट्न जान मलाई अल्छी लाग्यो। काम छ रे भन्नू भन्दै पठाए । “एकदम गोप्य हो रे दाइ” यति भन्दै फुच्चे आफ्नो बाटो लाग्यो । अरु बेला पनि गोप्य भन्दै मलाई रुख घाँस कटाउथ्यो त्यस्ले। आज पनि त्यही प्लान बनायो होला ।हल्का सुसे धन्दा सकेपछि एक्कासी सोच्न पुगे सायद सुबि पनि घाँस काट्न जाने भएकोले होला । ला मैले किन इन्कार गरे?? मलाई पछुतो लाग्यो । छिटो छिटो हसिया उधारेर नाम्लो काधमा हाल्दै रोशनको घरतिर लागे। रोशन पल्लो बाटोबाट आउदै थियो। उस्को घर मुन्तिर भेट भयो।”यति बेला हो आउने?”उस्ले अलिक ठूलो स्वरमा भन्यो । म तीन छक खाए । त्यसरी झर्केर कहिल्यै बोलेको थिएन मसंग । यति बेला उस्को घरमा पुगिसकेका थियौ।घर सुनसान लाग्यो।”घाँस काट्ने बेलैमा आइपुग्यो यो” रोशनको मम्मीले बोल्नु भयो । चिया पकाउनु भएको रहेछ। खाइवोरी घरबाट निस्किदा रोशन लाई सोधे सुबि खोइ भनेर । उ बोल्यो “म बजार जाने बाटो सम्म पुर्याएर आको।तलाई बोलाउन गोप्य भन्दै त्यो सिँगाने भाइलाई खबर देको त आइनस के रे कमसेकम मेरो इस्शारा त बुझ्न पर्छ नि? त्यस्ले तलाई कति सम्झेकी थिइ, बोलाउन पठाई । मलाई बोलाउन जान नमिलेर त्यो भाइलाई पठाको। खुब बिजि मान्छे । बल्ल खाइस ।” मलाई छागाबाट खसेजस्तो लाग्यो । कति सम्झी होला कति माया गर्थी होली, आफ्नो नम्बर दिन्थी होली । हिड्ने बेलामा सानो स्वरमा बाई बाई विशु भन्दै आशुका ढिका झार्थी होली । आगन र मन उस्तै उस्तै लाग्न थाल्यो मलाई । आगनमा भुराहरु खेल्छन् तर मनमा कुराहरु । रंगशाला भैसकेको थियो मेरो मन जहाँ खेलाडी मात्र सुबि र उनले छाडेका प्रतिबिम्बहरु ।

 

मेरो निन्याउरो अनुहार देखेर होला आज ऊ आफै रुख घाँस झार्यो । भारी बाध्यो र मलाई सान्त्वना दिदै भन्यो, “चिन्ता नगर । केही भको छैन। तलाई तेस्ले सम्पर्कको लागि ठेगाना छोडेकी छे । घरमा राख्या छु, लिन आएस अनि बिहान जस्तो काम छ भनेर नआउलास फेरि ” ठेगाना भन्ने बित्तिकै अनुहार चम्कियो मेरो । म खुसी भए । “छिटो हिड न त त्यसो भए ” मेरो आवाज बल्ल निस्कियो । यतिन्जेल भारी उठाइसकेका थियौं र भारी बोकी हामी गाउँतर्फ लाग्यौं ।

 

©xtbisu

 

About Admin 95 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*