पल र आँचलको प्रेम (चिटिक्क भिडियो)

नायक पल शाह र नायिका आँचल शर्माले मोडलिंग गरेको पप गीत ’चिटिक्क’ को भिडियो सार्वजनिक गरिएको छ । सहदेव अर्यालले लेखेको यो गीतमा उदय राज पौडेलको स्वर, संगीत तथा संगीत संयोजन रहेको छ । भिडियो यस्तो बनेको छ :

एक युवकले कल्पना गरेकी युवतीको कथामा यो भिडियो आधारित छ । पलले आफुले सोचेकी युवतीको कल्पनामा हुन्छन् भने नायिका आँचल पलकी सपनाकी परी बनेकी छन् । मुस्ताङ्ग जिल्लाका बिभिन्न स्थानमा छायांकन गरिएको यो भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका छन् ।

माईनस १२ डिग्री तापक्रममा यो गीत छायांकन गरिएको थियो । गीतको भिडियोलाई अनिल कुमार मानन्धरले छायांकन गरेका छन् भने सम्पाक सुप्रिम पराजुली हुन् ।

About Admin 95 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*