पिपलबोटे कान्छीको पेटिकोट -लघुकथा

पिपलबोटे कान्छीले बरबोटे साइली विरूद्द गाउँमा उजुरी गरी । गाउँभरीका मान्छेहरू सयौंको संख्यामा भेला भए । पिपल बोटे कान्छीको आरोप बरबोटे साइलीलाई यस्तो थियो -‘सामान्य भनाभन भइरहेको थियो । एक्कासी बरबोटे साइलीले पेटिकोट सारेर मलाई उसको गुप्तांग देखाइदिई । बरोबोटे साइलीलाई सजाएँ होस् । न्याए नपाएसम्म म यसलाई त्यसै छोड्ने छैन ।’ यसरी ऊ चर्कि चर्कि न्याए माग्न थाली ।
गाउँलेहरू अचम्ममा परे । ऊनिहरू एक अर्कामा मुखामुख गर्न थाले ।
अरू वेलाको जस्तै समाज पक्ष विपक्षमा विभाजित भयो ।

पिपलबोटे कान्छी पक्षकाले बरबोटे साइलीलाई दन्ड गर्नै पर्ने भनेर ठूल्ठूलो आवाजमा बहस गर्न थालेपछि बरबोटे साइली पक्षकाले भने – अरूलाई त्यसै आरोप लगाउन पाइन्छ ? कसरी देखाउँछे बरबोटे साइलीले आफ्नो गुप्तांग आफै ? लाज लाग्दैन त्यसो गर्न ? नहुने कुरा गर्नुहुन्छ ? तपाई देखाउन सक्नुहुन्छ ? कसरी देखाइ ल भन्नुहोस् त ? कसरी देखाई ?
विपक्षीले कसरी देखाई कि कसरी देखाई भने पछि पिपलबोटे कान्छीको रिसले पारो तातेर आयो । अब कसरी देखाई भन्नु ? एकछिन संकोच मानी तर विपक्षीले कसरी देखाई भनेर निरन्तर प्रश्न गरिरहे पछि ऊसको दिमागले ठाऊँ छोड्यो । ऊ बरबोटे साइलीले उसलाई गुप्तांग देखाएको दृष्यमा पुगी । त्यसपछि पिपलबोटे कान्छीले सारा समाजको अघि ठीक बरबोटे साइलीले उसलाई देखाए जसरी नै आफ्नो पेटिकोट माथी सारेर यी यसरी देखाई मलाई भनेर उदाहरण प्रस्तुत गरी । सारा समाजले मुन्टो निहुर्यायो । लाजले सबैले आँखा छोपे ।
त्यसपछि गाउँको ठूलोबडो मान्छेले पिपलबोटे कान्छीलाई हकार्दै भन्यो – ‘तँलाई छौंडा, उसले त तँलाई मात्र देखाई होला । तर तैंले त सारा गाऊँलेलाई देखाइस् । कारबाही उस्लाई होइन तँलाई हुन्छ अब ।’

यसरी पिपलबोटे कान्छीले आफूले बोलाएको समाजबाट आफै लज्जित र दण्डित हुनुपर्यो ।

 

-Nira Sharma

About Admin 94 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*