बुबा : : Ritesh GrG

म सानो छँदा ,बुबाले
मलाई कामबाट फर्केर
आउँदा सधै चोखोपन चकलेट
ल्याइदिनु हुन्थ्यो ।
म कत्ती खुशी हुन्थे !

अहिले जब कोहि
बच्चाले क्याड्बरी खाइ’राको देख्छु,
म चोखोपनको खोस्टामा
बेरिएको त्यो खुशी सम्झन्छु।

तेस्तो खुशी किन्न सक्ने मेरो बुबा कत्ती धनी !

मेरो सानो, कलिलो
शरीरलाई जुरुक्क उचालेर
आफ्नो बलिस्ठ काँधमा राख्नुहुन्थ्यो
मेरो बुबा ।
म कत्ती अग्लो हुन्थे !

अहिले जब म बुबाको बूढो मुढो जस्तै
काँध छाम्छु,
मलाई सगरमाथाको उचाई पनि कम लाग्छ ।

हिउँ बग्ने हिमालभन्दा, पसिना बग्ने बुबाको
काँध कत्ती अग्लो !

मलाई चोट लाग्दा,
आँसु खसाल्दै बुबा मेरो चोटमा
मल्हम लगाइ दिनुहुन्थ्यो ।
म कत्ती सन्चो हुन्थे ।

अहिले जब म बुबाको धमिलो भै’सकेको
आँखाबाट बग्ने सुख्खा आँसु देख्छु,
मलाई बुबाले लगाइदिनुभएको
आँसुको मल्हम सम्झन्छु।

हरेक चोट पुर्न सक्ने बुबाको आँसुको
मल्हम कत्ती असरदार !

हरेक रात सुत्नुभन्दा अगाडि
भगवानहरुको कथा सुनाउनुहुन्थ्यो मेरो बुबा ।
म आफुलाइ कत्ति भाग्यमानी ठान्थे !

अहिले जब म बिगृनै लागेको रेडियोको
घ्यारघ्यार जस्तै बुबाको आवाज सुन्छु,
मलाई भगवानहरुको बिश्वास’नै लाग्दैन ।

ब्रह्मा, बिस्नु, महेश्वर भन्दा मेरो बुबा
कत्ती ठुलो भगवान !

आफ्नो हात मेरो हातमा समाएर
बुबा मलाई ‘क’, ‘ख’ लेख्न सिकाउनुहुन्थ्यो ।
मेरा अक्षरहरु कत्ती सुन्दर हुन्थे ।

अहिले जब म हावाले हल्लाइरहेको
पात’झै बुबाको कापेको हात समाउछु
ती निर्जीव अक्षरहरु सजिब भए’झै लाग्छ ।

भबिस्य लेख्ने नियती भन्दा, ‘क’, ‘ख’
लेख्न सिकाउने मेरो बुबा कत्ती महान !

मेरो हरेक स्वार्थहरु
बिना कुनै रोकटोक
पूरा गरिदिनुहुन्थ्यो मेरो बुबा ।
म कत्ती स्वार्थी हुन्थे ।

अहिले जब बुबाको
ममता भरी माया महसुस गर्छु ,
आँखा रसाएर आउँछ।

बुबा भित्रको मायाको सागर कत्ती गहिरो !

म सोच्थे
मेरो नसामा बुबाको रगत मात्रै बग्छ !
होइन रहेछ,
मेरो नसामा त बुबाले बगाउनु
भएको आँसु र पसिना पनि बग्दो रहेछ !

About Admin 94 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*