मखमली! तिमिले फुल्नुपर्छ….! By : पुजा पराजुली

 

मखमली भन्दै थिइन 
म यो पालि फुल्न बिर्सिदिन्छु 
ता कि मलाई फुलेको देखेर 
भाईलाइ तिम्रो याद न आओस्.. 
सयपत्री र सुपारी फूल संगै 
तिमिले मालामा उनेर 
भाइको गलामा पहिर्याउन पाउदिनौ त 
म फुल्नु को के अर्थ भयो र..? 

ओखरमा सबै बाधाहरुलाई फोरेर 
कहिले नमर्ने दुबो झै अजर , 
अमर रहनु भनेर तेलको घेरो लगाएर 
जीवन सधै रंगिन होस् भनि 
सप्तरङ्गी टीका निधारमा लगाउने 
तिहार तिमिलाई आएन. 

साथी र सङ्गी भेला भएर 
टोल टोलमा देउसी र भैलो खेल्ने
तिम्रा दिनहरु कहाँ गए खै? 
तिमिले सन्देशका दुत कागलाई पुज्नुपर्दैन? 
तिमिले यमका दुत कुकुरलाई पुज्नु पर्दैन? 
खै तिमिले गाईलाई पुजेको? 
अनि खै लक्ष्मी पूजा गरेको? 
अनि खै पालामा दियो बालेको? 

रातको अन्तिम घडीमा 
मखमली मसङ्ग रुदै कराउँदै 
गुनासो गर्दै गर्दा सपनाबाट 
यथार्थमा आइपुग्दा पो नयनहरु ओभाना 
कसरी रहन्थे र....

बिज्ञानले प्रमाणित गरेको छ 
तिमी सजिब हौ हामीजस्तै 
र तिमिले पनि आभास गर्छौ 
दु:ख, सुख, मिलन,बिछोडको... 
यदि तिमीले मेरा आवाजहरुलाइ 
स्विकार गर्छेउ भने 
चाहान्न म मेरो सपना झुक्किएर 
कहि कतै सत्यतामा ढलोस.. 

मखमली ! तिमिलाई थाहा छ 
कयौ दिदिबहिनीले आफ्ना 
दाजुभाइलाइ सिउरिदिन 
तिमिलाई सारेर मलजल गरेका छन् 
र दाइ भाइ आउने बाटो हेरेर बसेका छन् 
त्यसैले सबैको आशालाइ 
निरुत्साहित नबनाई मखमली! 
तिमिले यो तिहारमा फुल्नुपर्छ हो... 
मखमली! तिमिले फुल्नुपर्छ....

Writer :- Puja Parajuli

About Admin 95 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*