महिनावारी

mensuration

प्रश्न : मलाई हिन्दु समाजमा पिरियडमा किन मन्दिर जान निषेध गरियो ?

उत्तर-

बहिनी आजसम्म तिमी लाई कसैले पशुपतिनाथको ढोकामा बसेर पिरियड भएको छ कि छैन भनेर सोधेको छ ?

छैन ।

पिरियड हुदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु भनेको छैन । पर बस्नु भनिन्छ ।यो पिरियड मा दिएको छुट्टी(Menstrual leave)  हो । तिम्रो शरीर बाट रगत जादा तिमि कमजोर हुन्छौ भनेर आराम  दिएको छुट्टी हो ।प्राचीन संस्कारको संस्कृती पछाडीको ज्ञान हेर्ने गरौ ।

 

पिरियडमा तिमी कोहि एक भन्दा अपवित्र हुदैनौ । मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर भन्दा संवेदनशिल ( sensitive ) हुन्छौ ।पिरियडमा मन्दिर नजानु भनेको पुरातन समाजमा मन्दिर टाढा हुन्थे फेरि मन्दिर जानू भनेको मन्दिर गएर नमस्कार गरेर फर्कनु मात्र थिएन । मन्दिर निराहार शुद्ध भएर जाने गरिन्थ्यो । पिरियडमा मन्दिर निराहार निर्जल जादा घण्टौ साधना गर्दा तिम्रो स्वास्थ्यमा असर पर्छ तिमी झन कमजोर हुन्छौ भनेर मन्दिर नजाउ भनिएको हो ।कालान्तरमा यो निषेध (Taboo) को रुपमा बुझियो ।

भारतमा कामाख्या मातालाई नै  पिरियड हुन्छ । हिन्दु समाजमा नारी देवि हुन । यदि नारीले हिन्दु धर्म संस्कार संस्कृती जोगाउन नसके एउटा युग गुमाउनेछ्न । तिमी पिरियडमा अछुत वा अयोग्य हुदैनौ तिमी मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर बनाउने मान्छे जन्माउने पनि तिमी/नारी हौ ।

तिमी जुनसुकै बेला मन्दिर जान सक्छौ । किन नजान भनियो फरक कोण बाट हेर्न सक्छौ । हिजो कुन अभ्यास थियो त्यसलाई जानेर बुझेर मात्र प्रश्न गर । (तस्वीर – कामख्या देवि , ब्लुहिल )

 

पुनश्च : प्रस्तुत विश्लेषण माथी केही प्रश्नहरू उठेको ले प्रस्तुत पंक्तिकार थप व्याख्या गर्दैछ ।

नेपाली समुदाय बिच सम्म लोकप्रिय संसारको सर्वोच्च कोमारी तिर्थ कामाख्या अम्बुवाची पर्वको एक रोचक प्रसङ्ग छ -जब अम्बुवाची पर्व सुरु हुन्छ रजस्वला /रजोधर्म सुरु भए सगै भगवतीको गर्भगृहको द्धार तीन दिन आफै बन्द हुन्छ भनेर कामाख्या शोधार्थी मुर्धन्य विद्धान दिवाकर शर्माले आफ्नो शोधपत्रमा उल्लेख गरेको छ्न । चौथो दिन हर्षोउल्लासका साथ मन्दिरको द्धार खोलिन्छ भक्तजनको मेला लाग्दछ । प्रतिकात्मक रूपमा तीन दिन मन्दिर बन्द हुनु भगवती अपवित्र हुनु हैनकी भगवती संवेदनशिल थप कोमल र पवित्र हुने भक्तजनले भगवतीको पवित्रता कोमलता ग्रहम गर्न नसक्ने भएर हो ।

अर्थात रजस्वला हुदा नारी लाई मन्दिर प्रवेश निशेध अपवित्र अशुद्ध भएर हैन ।

अर्को प्रश्न गुप्तबास , एकान्तबास , पर- बस्ने व्यवस्था किन गरियो भन्ने उठेको छ ।

रजस्वला /रजोधर्म भएकी नारी लाई संस्कृतमा पुष्पिणी /पुष्पहासा (पुष्प जस्तै कोमल ) ,स्त्रीधर्मिणी ( धर्म धारण गरेकी स्त्री ) भनिन्छ ।

गुप्तबास नारीलाई नारी शक्तिको आत्मबोधको अवसर हो ।आत्मसाक्षात्कारको अवसर हो । भगवान महावीरको उपबास होस वा ऋषिमुनिको वनबास होस बुद्धको वनबास – अध्यात्मिक रुपमा गुप्तबासले विशेष अर्थ राख्दछ।

सधैभरि घरको धन्दामा व्यस्त हुनेनारी लाई सनातन धर्ममा मासिक रूपमा आत्मसाक्षात्कार , आत्मबोध , आत्मचिन्तनको समयावधि व्यवस्था गरिएको थियो यसैलाई गलत रूपमा प्रयोग गरेर गोठमा राख्ने घरबाहिर राख्ने गरियो जसको दोस सनातन धर्म – अभ्यासलाई दिन मिल्दैन । नेपालको शैक्षिक -आर्थिक – सामाजिक अवस्था जिम्मेवार छ ।

 

अर्को प्रश्न – रजस्वला गर्दा किन पुरुष सगै सुत्न नारीले नपाउने भने जस्तो आयो !

वास्तवमा यहा म कुनै वैज्ञानिक कारण नदिदै भन्न सक्छु रजस्वला भएको स्त्री शारीरिक रूपमा कमजोर हुन्छ्न । शारीरिक रूपमा कमजोर नारी सग यौन सम्पर्क गर्ने कुरा पातकी कुरा हुन । रजस्वला भएको स्त्री सग सहबास नगर भन्नुको अर्थ छुदै नछुनु , सगै बस्दै नबस्नु भनेको हैन । स्त्रीलम्पट बनेर नारीको शरीर भोग नगर भनिएको हो ।

फेरि रजस्वला भएको बेलामा संक्रमणको संभावना यसैपनी ज्यादा हुन्छ रजोधर्ममा रहेकी नारीले यौन सम्पर्क गर्दा नारी मात्र हैन पुरुष पनि यौनजन्य रोगको सिकार हुन्छ्न भन्नेकुरा भारतिय डा अरविन्द मिश्रले एउटा बुलेटिनमा लेखेका थिए ।

जुनकुरा विज्ञानले हजारौं वर्ष पछि पत्ता लगायो त्यो कुरा धर्मले हजारौं वर्ष अगाडी देखि अभ्यास गर्यो ।

 

 

अर्को प्रश्न निषेध होकि हैन भन्ने आयो – –

रजोधर्म- मासिक धर्म निषेध हैन निर्वाण हो । मुक्ति हो । रजस्वला अधर्म हैन धर्म हो । अपवित्रता हैन उच्च पवित्रता हो ।

हामी हाम्रा चेलिबेटी – आमादिदी बहिनीलाई सम्मान गर्न जान्दाछौ सक्दछौ इसाईयतको डलरमा बिकेका बिकाउ नरपशुहरुले हाम्रो सनातन सभ्यता माथी प्रश्न नगरेको राम्रो – हाम्रो समाजको गलत बुझाइ र कमजोरी माथी नखेलेको राम्रो ।

 

नेपाली साहित्यका एक प्रिय समालोचक  – मिथक र संस्कृतीका एकजना प्रखर विश्लेषक  Ram Lohani सर कामाख्याको बारेमा भन्नू हुन्छ – “कामाख्या देवी रजोवति हुँदा आउने रगतले तलको नदी रातो हुन्थ्यो भन्ने विश्वास अझै छ। त्यो रगत मिसिएको पानी पवित्र मानिन्थ्यो।  🙂  अहिले, यद्यपि रातो त हुँदैन आफै, पनि निकासको पानीलाई पवित्र मानिन्छ।”

 

उहाको यो टिप्पणी सगै थप प्रष्ट के हुन सकिन्छ भने , कामाख्या देवि रजोवति हुदा नदिमा बग्ने रातो पानी पवित्र मानिनु प्रतिकात्मक रुपमा – रजोवती स्त्रीको रगत आफैमा अपवित्र हुदैन भन्ने अर्थ लाग्दछ ।

सगै राम लोहनी सर भन्नू हुन्छ ” तन्त्रको एउटा पन्थमा रजश्वला स्त्रीको योनीबाट निस्कने रगतलाई पवित्र मान्ने प्रथा नै छ। पाटनको एउटा मूर्तिमा रजश्वला देवीको योनीमै मुख लगाइराखेको एउटा साधक देखिन्छ। ”

via:- WRR(Women’s Room Reloaded)

About Admin 95 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*