मेरो अधुरो कहानी ( भाग ३ )

हामी घासको भारी लिएर माथी आई सकेका थियौ । एकछिन भारी अड्यायौं अनि आआफ्नो घर तिर लाग्यौं । मेरो मनमा सुबिको ठेगाना कहाँ होला भन्ने मात्र खेलिरहेको थियो । जति बेला पनि सुबि सुबि बाहेक केही सम्झन सकेको थिइन । मम्मीले खाना खान बोलाउदा पनि झस्किए ।

          खाना खान पनि त्यति मन थिएन । नखाए दिउँसो भोक लाउथ्यो । त्यही भएर जसै खानुपर्ने नै थियो । छिटो छिटो खाए । अनि हात चुठेर माथि चौरमा जान्छु भन्दै निस्किए । बाटो भरी पनि सुबि नै देखे । यता उता जहाँ पनि सुबिसंगै बालापनमा रमेको प्रतिबिम्बहरु देख्न थाले । किन ठूलो उमेरको बनाएछन भगवानले भन्ने ठाने । के थियो र त्यसमा मलाई यसरी तान्न खोजेकी ? सायद हामी चुम्बकको दुइटा फरक ध्रुव हुनुपर्छ । एक अर्कामा नजिकिन खोज्ने ,टासिन खोज्ने , भन्नै पर्दा मिलन हुन खोज्ने । म भुते खोल्सो कटिसकेको थिए । रोशनको घर आउनै लाएको थिए । उ आफै तल आउदै रहेछ । सायद मेरैमा ठेगाना लिएर आउदो होला मैले सोचे । जति सास थियो त्यति नै आस थियो कि म अब छिट्टै सुबिको सम्पर्कमा हुनेछु । “भात खाइस?” मैले सोधे । मुन्टो हल्लाउँदै खाए भन्यो । “ठेगाना ल्याइस ?” उत्सुकता हुदै मैले सोधे । यसपाली भने ऊ मौन भयो । निधार खुम्चायो । ल्याछु पक्कै भन्छ भन्नेमा म ढुक्क थिए । उसले मुख खोल्यो, “तेरो अनुहारमा निरास देख्नै सकिन यार । लास्टै पिर मानिस तैले । त ठुस्केको देख्नै सकिन । त घाँस समेत नल्याउलास भन्ने पीरले ढाटे तलाईं । त्यस्ले केही नासो छोडेकी छेन । न त ठेगाना नै ।” हास्नु न रुनु भयो मलाई । सायद एक्लै भएको भए धुरुधुरु रुन्थ्ये होला । तर रोशनको अगाडि रुन सकिन । आँखा भने रसासकेको थियो । आँखा बिस्तारै चिम्लिए । आसुको थोपा गाला हुँदै चिउडोको दारीमा पुगेर हाम फाल्यो । त्यस्ले देख्छ  कि भन्दै छिटो छिटो आँसु पुसे । “हेर त नुन खाको कुखुराको झै अनुहार” ऊ बोल्दा म झस्किए । हास्दै एउटा कापीको पान्नो दिदै भन्यो, “ला तेरो सुबिको ठेगाना “

                        डाम्नोले मलाई परीक्षा गर्यो । कस्तो रैछ । मनमनै त रिस पनि उठ्यो तर म मख्ख थिए किनकी मेरो हातमा निकै नै अमुल्य चिज हात परिसकेको थियो । पढ्न थाले fb: Subi (Surakshya ) मोबाइल नम्बर 84******** घर: स्यान फ्रान्सेस्को । पहिला सुरक्षा भनेर खोज्दा फेस्बुकमा नभेटेको मैले बल्ल फेसबुकको id नाम पाए । पहिला विशाल नाम गरेको आइडी त्यत्तिकै छोडे र नया अकाउन्ट बनाउन लागे । Bisu त राख्नै पर्यो । विशाल पनि आओस भनेर विशाल अर्थात extreme लाई छोटो रुपमा Xt बनाइदिए र आइडी खोले Xt Bisu । मै दङ्ग थिए । किनकी म सुबिसंग नजिकिदै थिए । अनि एउटा चिटिक्कको फोटो राखे र खोज्न थाले सुबि भनेर । कस्तो अचम्म सुबि नाम गरेका धेरै भेटे तर उसैको id चाहिँ भेट्न सकिन । पाचपल्ट सम्म spelling चेक गरे । अह अझै भेटीन ।कस्तो समस्या हो यो। माया छ दिन पाछैन । बोल्न मन छ टाढा छे । केही पत्ता नलाए पछि एक चोटि उस्लाई फोन गरे । घन्टी गयो तर उठेन । फेरि हाने । फोन काट्दिई । ब्यस्त छ भन्यो । फेरि फोन गरे । फेरि ब्यस्त । अब त अत्ति भयो । रिस सहनै नसक्ने अवस्थामा आए । दुई मुड्की भित्तामा हाने । आथ्थु कस्तो दुखेको । मेरो मोबाइल बज्यो । बिदेशी नम्बरबाट पहिलो पल्ट मेरोमा फोन आयो । नम्बर सुबिको भने थिएन । मैले उठाए । सुबिकै आबाज थियो । नम्बर भने नया । सन्चो बिसन्चो सोधे । ठिकै रैछे । फेस्बुकमा नभेटेको कुरा सुनाए । मलाई अहिलेको नम्बर search गर्न पठाई । हुन्छ भने । उस्ले फोन राख्छु ल निकै निन्द्रा लाछ भनी । हुन्छ हस भन्दै फोन राखे । अनि आत्तिदै मैले फेसबुक खोले । search गर्ने ठाउमा click गरे र नम्बर mode मा गएर नम्बर हाने।फेला पारे । नाम Subi (Surakshya) नै थियो । फोटो थिचे । हेर्न मिलेन । फेरि रिस उठ्न थाल्यो मलाई । यत्तिकैमा नोटिफिकेसनको घन्टी बज्यो । रिक्वेस्ट accept भएको रहेछ । अनि म्यासेज आयो, भोलि बोल्छु ल गुड नाइट । मैले पनि म्यासेज फर्काए, गुड नाइट ,  स्वीट ड्रीम्स । त्यसरी स्वीट ड्रीम्स भन्दा त मख्ख परि होली भन्ने मलाई लाग्यो । उनको account मा active 2 min ago देखाइसकेको थियो । अनि मैले धमाधम उनको फोटोहरु हेर्न थाले । कालो चस्मा लगाएको प्रोफाइल फोटो थियो । माथीको कपडा त ठिकै थियो । तल भने हाफ पाइन्ट लाएकी थिइ । कस्तो लाज नभएकी होलि । यहाँ हुदा त सधै कुर्था लाउथी । उता अमेरिका गएसी उत्ताउली भनिछे जस्तो लाग्यो मलाई । यहाँ भएको भए र नराम्ररी थर्काउथे होला तर उ त्यति टाढा थिई । फोनमा पनि के थर्काउनु जस्तो लाग्यो । हुन त आफ्नो जिन्दगी आफ्नै सुरमा रमेकी होली । म बिचमा के बोल्नु  झै पनि लाग्यो मलाई । तर सोच्छु यदि ऊ मलाई नै चाहन्छे र मैसंग जीवन बिताउने हो भने त भन्नै पर्छ !! कतै ऊ अर्कै कि भएकी त छैन । बनेकी छैन होलि । उफ् दिमागमा के के खेलेको होला । एकै छिन मौन रहे । अनि फेरि अरु फोटोहरु हेर्न लागे । जति फोटाहरु हेर्दै गए उति चकित हुँदै गए । को हो को केटाहरुसंग फोटो खिचेकी होली । कतै अङ्गालो हालेको त कतै हात समातेको । हुन त बिदेशीहरुमा त्यो सब स्वतन्त्र छ । फेरि एक मनले सोचे । उनी त नेपाली पो । अब चाहिँ म फेसबुक अफ गर्ने मुडमा पुगे ।

                   “ओए रोशन ” पछाडी हेरे । त्यो त अघि नै गएको रहेछ । भ्याएसम्म आँखा डुलाए तर देखिन । अब के गर्ने होला भन्दै छटपटी लाउन थाल्यो। रोशनलाई फोन गरे । ऊ चौतारो तिर गएको रहेछ । त्यसलाई त्यही रोक्न लगाई म चौतारो तिर लागे । एक्लै टोलाएर बस्दै थियो । पोखरीमा चेपागाडाहरु थिए । उ तिनैलाई हेरिराख्या थियो । मलाई नि झ्याउ लाएको थियो । “जाम माछा मार्न ” मैले भने । जस्लाई नि बोर भएको थियो होला जान सहमती जनायो । अनि हामी ओरालो लाग्यौ । हाम्रो गतिलाई कम गर्न हावाले हामीलाई छेकिराख्या थियो । गण्डकीको चिसो हावाले त्यो गर्मीको पसिना सुकाउन बल गरिराख्या थियो । जङ्गलमा पुग्यौ । त्यहाबाट १५ मिनेट जति लाग्थ्यो तीरमा पुग्न । बिस्तारै गति बढायौं । रोशन चिच्यायो “ओए ऊ सर्प  ” । म तर्सिए । ओहो कति लामो रहेछ । मेरो छेवैबाट गयो । “ह्या फर्किम भो, साइत नै परेन ” रोशनले भन्यो । जाम के जाम भन्दै मेरो करले उसलाई जान बाध्य बनायो ।

      नदिको बगरमा पुगियो । बालुवामा चप्पल लगाएर हिड्न अप्ठ्यारो भयो । चप्पल हातमा लियौं र खाली खुट्टा हिड्न थाल्यौं । बालुवाले खुट्टा पोल्न थाले । छिटो छिटो गरेर नदिको किनारमा खुट्टा डुबायौं । आहा कति चिसो । एकदम शीतल भयो । निकै आनन्द आयो । माछा मार्न मन नै लागेन । बरु पौडी खेल्न उसलाई जोड गरे । उ पौडिन पोख्त थियो । मलाई भने अलि अलि मात्र आउथ्यो । छिटो थाक्थे । तर पानीको भेलमा बग्न भने मज्जा आउथ्यो र थकाइ को आभाष हुन्थेन । गर्मी भएरै होला उ कपाड खोल्न लायो । नाङ्गो ढाड । हेरे, जताततै छापै छाप थियो । के भयो भनेर सोध्न नपाउदै उ नदिमा झ्वाम हाम फाल्यो । म पनि के कम । बगे बचाउन त्यो आइहाल्छ भन्ने सोच्दै टि~सर्ट र पाइन्ट खोलेर हाम फाले । एकै छिनमा आत्तिए । म छिटो छिटो चाल्न खोज्दै थिए । थाके । छेउमा खुट्टा टेक्छु भनेको चुर्लुम्म डुबाउदो रहेछ । तैरिए । अलि तल ढुङ्गा रहेछ । सरर तल बगे र ढुङ्गालाई समातेर त्यही माथी गएर बसे । यसो हेरेको रोशनलाई कतै देखिन । वारि आइसक्यो कि भनेर पनि हेरे । अह देखिन । अघि साइत परेन भन्दै गरेको सम्झिए । म आत्तिए । मेरो सातो गयो । मुटुले गति बढायो । नआउन पर्दो रहेछ । किन आइयो होला । ग्लानी भयो । ऊ यतै कतै लुकेको छ कि भन्दै चिच्याए, “रो ऽऽ श ऽऽ न ” । अह बोलेन मौन थियो ऊ । ला अब म के गरम , कुन मुखले घर जाम । म आत्तिन थाले । मेरो मन निकै धड्कियो । ‘बरु नआएको भए हुन्थ्यो नि सर्पले साइत बिगारेसी ‘ मेरो मनमा यस्तै यस्तै कुरा खेल्यो । अब केही सुइको नलाएपछी म गाउँ तिर एक्लै निस्किए ।

                            माथी गाउबाट मान्छेहरु बोल्दै आएको सुने । हुल निकै ठूलो छ जस्तो माने । छिटो छिटो बाटोबाट जङ्गलतिर छेलिन गए । गाउका ठुला देखि लिएर साना सम्मको ओइरो आएका रहेछन । मलाई के गरम के नगरम भयो । सबै मान्छेहरु कटेपछी म पनि बिस्तारै जङ्गलबाट निस्किएर त्यही हुलमा पछाडिबाट मिसिए । अनि पल्ला घरे राइलाले ठुल्दाइलाई सोधेको सुने”दाइ के भयो?” कान ठाडो पारे मैले । दाइले भन्दैथिए,” कुन केटा हो गण्डकीको भुमरीमा परेको छ रे ,पारी गाउकाले फोन गरेर सुनाथे।” यो सुन्ने बित्तिकै मेरा आँखा रसाए । निकै आत्तिए म । मुटुको ढुकढुकी मैले बाहिरै सुनेजस्तो लाग्यो । कोहिले भन्दै  थिए “रोशन र विशाल गाउमा छैनन , कतै तिनीहरु त होइन ?” मलाई देखेको रामे दाइले “विशाल त यहि छ” भन्दिए । अब म के बोलम । पूरा मौनमा थिए । सब कुरा थाहा भएर पनि भन्न सकिरहेको थिइन । म धर्मसंकटमा परे । के भनम के नभनम भन्ने भयो । जे हुन्छ हेर्दै गइन्छ भन्ने हेतुले चुपचाप हिडे । हामी नदिमा पुग्यो । त्यहाबाट १०  मिनेट   तिरैतिर हिडेपछी भुमरीमा पुगिन्थ्यो । नदि तिर हेर्दै हिड्यौ । जती नजिकिए उति ढुकढुकी बढ्दो थियो । भुमरीमा काठको मुढोजस्तो घुमिरहेको थियो । अलि परै थियो । हागा सहित हो कि मान्छेकै हात हुन ठम्याउन सकिएको थिएन । बुढापाका मध्ये दुइजना कपडा खोलेर पानीमा पसे । बिस्तारै बग्दै त्यही भुमरीको आसपास पुगे । निकै मिहेनतको साथ खियाएको प्रस्टै देखिएको थियो । अनि त्यो ठोस बस्तुलाई बाहिर निकाले । काठको मुढा नै रहेछ । धन्न भन्ने भयो मलाई । केही चाल पाएर होला एकजना दाइ पानी भित्र डुब्नु भयो । केही बेर पछि बाहिर निस्किनु भयो तर हातमा शरीर थियो । अनि दुइजना मिलेर बाहिर किनारा ल्याउनु भयो । पानी पिएर होला पेट फुलेको थियो । अनि उसको पेटमा थिचेर पानी बाहिर निकाले । मुटुमा थिच्दा समेत सास नफेरेपछि मुखमा मुख जोडेर श्वास दिइयो । केहिबेर पछि खोक्दै ऊ     बिउझियो । सबैको मुहार फेरियो । खुसिको अनुहार प्रष्टै देखिएको थियो ।  उस्लाई लिएर सबै गाउँ तिर उकालो लाग्यौ !!!

                      गाउले जडिबुटिको उपचारले केही दिन पछि उ सकुसल भयो । कसैले के भएको भन्दा खोइ अचानक के भयो भयो भनेछ अनि कोसंग गएको थिइस भन्दा पनि एक्लै गएको भनेछ । सायद सन्देश मर्दा उसँग लछ्छुले आफू गएको भन्दा निकै गाली खाएको र पछि गाउबाट नै निक्लेर गएको कुरा सम्झिएर म गाउँबाट निस्किन पर्छ भन्ने सोचेर त्यसो भनेको होला । मेरा आखाबाट तुरुक्क आँसु खसे । कस्तो माया गर्छ मलाई । त्यसले संसार छोडेको भए । म निकै पछुताए । मेरो ओठ सुके । मलाई ऐठन भयो । हात मुख चल्न छोडेजस्तो भयो । अनि उसलाई भेट्न उस्को घरतिर गए । घरमा आफन्तीहरु आएकाले होला घर बाहिरसम्म अलि आवाज धेरै आएको जस्तो लागेको । म घरभित्र पसे । । उसको मम्मी बाहिर निस्किन लाउनु भएको रहेछ । रोशन खोइ भनेर सोध्दा भित्रै कोठामा सुतेछ भन्नू भयो । म उस्को कोठामा पुगे । brick game खेल्दै बसेको रहेछ । उसलाई देख्ने बित्तिकै आनन्द आयो । हामीले अङ्गालो हाल्यौ । र भन्न थाल्यो,” हेर त्यो दिन पानी भित्र ढुङगा रहेछ त्यसमा ठोकिए अनि दुख्यो । भेलले बगाउदै भुमरीमा पुर्यायो अनि चाल्दा चाल्दा थाके । कसैलाई केही भन्या छैन । एक्लै गएको भनेको छु । तैले नि केही नभन है ।” म अक्क न बक्क भए । झन गुहार माग्नुपर्ने मैले नै थियो । रोशन पानी भित्र पसेर हरायो भनेर गाउँलेलाई सुनाउनु पर्ने मैले नै थियो । हामी दुईजना गएका थियौ भन्नू पर्ने मैले नै थियो । त्यो पारीको मान्छेले नदेखेको भए उस्को ज्यान जान सक्थ्यो । र म हत्यारा हुन्थ्ये । तर ऊ भने सबै कुरा लुकाउन भन्दै छ । सायद उसलाई पारिवारिक समस्या परेको थियो होला कि भन्ने शंका लाग्न थाल्यो मलाई । “ओए, हिजो सुरक्षाले फोन गरेकी थिइ । तलाई खुब सम्जिन्छे रे । अब चाडै नै नेपाल आउछे रे । अनि कहिल्यै नफर्कने रे ।” उसले मुख खोल्यो । धेरै दिन पछि सुबिलाई सम्झन पाए । त्यो पनि रोशनले गर्दा जस्लाई मैले मारी सकेको थिए । तर भाग्यले बचाएको थियो उसलाई । “ए, हो र !” मैले उसको कुरालाई चासो दिएको छु भन्ने जनाए ।  भोलि चौतारामा आइज है तलाई एउटा गोप्य कुरा भन्छु ल ।” मैले हुन्छ भन्दै सहमती जनाए । घर जान्छु तलाई यस्सो भेट्न मात्रै आएको हो , अब भोलि भेटौला भन्दै म हिडे । उसले पनि ल ल हुन्छ भन्यो । अनि ढोकाबाट निस्किदा रोशनको बाले आएका पाहुनाहरुसंग घर जग्गाको कुरा गरेजस्तो माने ।

                         भोलिपल्ट रोशनले भनेको ठाउमा पुगे । “ढिलो आइस भने चौतारो तल ठूलो ढुङ्गा मुनि कागज छोड्छु पढेस है “, हिजो उसले भनेको थियो मलाई । म ठिक समयमा पुगेछु जस्तो लागेकै थियो । तर त्यहा पुग्दा त अरु मान्छेहरु समेत म भन्दा पहिल्यै पुगेका रहेछन् । मलाई मात्र बोलायो होला भनेको त सबैलाई बोलाएछ क्या हो जस्तो माने मैले । जब नजिक पुग्छु त मेरो सातो पुत्लो गयो । निधारबाट पसिना चुहिन थाले । पिपलको रुखमा काटिएको नाम्लो झुन्डिएको थियो भने आधा भाग रोशनको घाँटीमा । फेरि पनि हत्यारा म नै भए । अलि छिटो पुगेको भए त कम्सेकम उसले मेरो सामू त त्यसो गर्थेन नि । ढिलो आइस भने भन्दै चेतावनी त दिएकै थियो नि । आँखाबाट बरर आँसु झरे । टाउको निकै गर्हुङो लाग्यो मलाई । पृथ्वी जोड जोडले घुमे जस्तो लाग्यो । अनि बिउझिदा मैले आफुलाई ओछ्यानमा पाए । म बिहोस भएरआएको रहेछु ।वरिपरि मान्छेहरु थिए ।आमा मेरै छेऊमा हुनुहुन्थ्यो । रुमालले हम्क्याइ रहनु भएको थियो । पानीको प्यास निकै लागेर आएको थियो । म केही बोल्न खोजिरहेको थिए तर बोल्न सकेको भने थिइन । रामे दाइले बुझेछन क्या हो पानी ल्याएर दिए ।अनि मेरो मुखबाट आवाज निस्कियो,” रोशन रोशन, किन छोडेर गइस हामीलाई?” अनि फेरि आँसुका ढिकाहरु खस्न थाले मेरा ती आँखाबाट । मलाई आमाले थम्थम्याउनु भयो । एकछिन त्यहा सन्नाटा छायो । अनि मलाई हेर्न आएकाहरु मेरो होस खुलेको केही समय पछि बिस्तारै घट्दै गए ।

             म पुर्णरुपमा ठिक भैसकेको थिए । अनि बेलुका पख म एकैछिनमा आउछु है भन्दै घरबाट निस्किए। निस्किने बेला आमाले भन्नुभयो,” चौतारो तिर नगएस नि फेरि रोशनको हंशले तान्ला ।”  जान्न भन्ने इशारा दिदै पाइला छिटो छिटो बढाए । मेरो जाने ठाउँ भनेकै चौतारो थियो । त्यसमाथी झन रोशनले चिनो छोड्छु भनेको थियो । चौतारो नजिक पुगे । कोहि थिएन । हिजो अस्ति केटाकेटीहरु उफ्रिरहेका हुन्थ्ये । कस्तो रमाइलो देखिन्थ्यो तर रोशनले सब रमाइला कुराहरु आफुसँगै लगेछ । निकै रमाइ रहेको थियो होला त्यो बादल पारिको देशमा । पीपलको रुखबाट सुकेको दाउरा खस्यो । म झस्किए । के कामले आएको थिए । एकोहोरो टोलाउन पुगेछु । सायद रोशनले नै होला माथीबाट फालेको । माथी हेरे । त्यसलाई देखिन । पातहरु एकैतिर मात्र हल्लिरहेको थियो । सोचे मलाई छिटो जा छिटो भन्ने संकेत दिइराखेको होला भन्ने । अनि पिपलको रुख मुन्तिरको ढुङ्गामा मा गए । यता उता हेर । कागज भेटिन । अझै तल्ला पट्टि गएर हेरे त्यसमा नि भेटिन । केही सीप नलागेर हिड्न के लाग्या थिए ढुङ्गा भन्दा अलि पर एउटा कागज देखे । त्यही होकि भन्ने आसाले टिपे । भित्र पल्टाई हेरेको त आखिरमा त्यही नै रहेछ । उसका अक्षरहरु मेरा आखामा नाच्न थाले । धन्न अरु कसेलै भेटेको ।  सरसर्ती पढ्न थाले । त्यसका शब्दहरुले मलाई कती ठाउमा खुसी बनायो त कति ठाउमा दुखी तुल्यायो । सायद त्यहा आसपास कोहि मान्छे हुदो हो त मेरा मुहारको हाउभाउ  देखेर सबले बौलायो नै भन्थे होला । जोडले हावा चल्न थाल्यो । पश्चिमबाट आएको बादलको मुस्लोले झमक्कै रात पारिदियो । म कागज गोजिमा राखी घरतिर दोडिए ।

                         खाना खाने बेला थियो । कहाँ गएको थिइस भन्दै आमाले सोध्दा मैले त्यही माथी यत्तिकै गएर आको भने । अनि आमालाई सोधे,” खास किन आत्महत्या गरेको रहेछ केही थाहा भयो ?”  टाउको हल्लाउदै नाई को संकेत गर्नुभयो। “रोशनका बा घर छोड्ने रे नि है?” मेरो जवाफमा कुनै चासो दिनुभएन। “भात खा त खुरुखुरु। तलाई अर्का को कुरा किन चाहियो?” झन उल्टै प्रश्न ममा खनाउनु भयो । मलाई थाहा थियो उहाँ केहि कुरा लुकाउनु भएको छ भन्ने कुरा । बस भन्न चाहानु भएन । मैले फेरि बोले, ” रोशनका बा ले त दुइटा बिहे गरेका रहेछन् है ।” यति बेला चाहिँ आमाले अलि ध्यान दिए जस्तो माने । “कस्ले सुनायो तलाई ह?” आमाले भन्नुभयो । “गाउँको कुरा थाहा भैहाल्छ नि”, मैले भने । “सबैलाई सुनाउदै हिड्लास फेरि ” बल्ल कुरा ठिक हो भन्ने संकेत जनाउनु भयो । मलाई यी सब कुरा पहिल्यै किन सुनाउनु भएन होला जस्तो लाग्यो । हुन त पहिले थाहा पाएर पो के गर्थे होला र! झन अरुलाई सुनाउदा सुनाउदा हल्ला फैलिसक्थ्यो होला । हात चुठेर कोठामा गए । गोजि छामे । रोशनको चिठी नै थियो । अनि फेरि पढ्न मन लाग्यो । र पढ्न थाले ::

                  नदिमा जुन दिन सर्पले बाटो काट्यो त्यही दिन म यो दुनियाबाट बिदा हुन्छु भैसकेको थियो। तर भाग्री बलियो रैछ मैरो । दुई चार दिन भए नि धेरै बाच्न लेख्या रहेछ । जानी जानी भुमरी तिर गएको थिए । तैले बोलाएको पूरै सुनैको थिए । बस मलाई बाच्नु थिएन । मेरा बा ले अर्को बुढी ल्याएका रहेछन । त्यहिभएर पटकपटक सहर धाउदा रहेछ्न । जब आमाले यो कुरा था पाइन, त्यसदिन देखि घर भित्र झैझगडा हुन थाल्यो । बा र आमा छुट्टिने रे । अनि मलाई बा ले नै लाने रे । मेरो बाको बानी त तलाई थाहा नै छ । आमा नहुदा हलिलाई जस्तै काम गराउने अनि कमारोलाई झै व्यवहार गर्ने ले अब कान्छी आमाको सामू के हालत बनाउने होला । म सोच्न समेत सक्या छैन । त्यो सौतेनी आमाको व्यवहार जति राम्रो भएन सन्तान जन्माएसी त्यस्तै हो । राम्रोसंग बस प्रगती गर । सुरक्षा बिहे गर्न नेपाल आउने कुरा छ । सायद तै संग हुन्छ होला किनकी त्यस्को रोजाई तै नै होस । तिमीहरुको जोडि एकदम राम्रो देखिन्छ । मलाई धेरै नसम्जिएस है । म संसार छोडे पनि तलाई सघाउन भूत बनेर भएनी आउछु । तँ त मेरो जिग्री होस नि । “

                         मेरा हात खुट्टा काँपी रहेका थिए । कागज पनि बेस्सरी हल्लिरहेको थियो । अनि पट्याए । फाल्दिम कि जस्तो भयो । अह फाल्न सकिन । किनकी त्यस्को नासोको रुपमा कोरिएका अक्षर थिए । त्यसपछि कागज सिरानी मुनि राखे र डरका कारण मुख पूरै छोपेर सुते ।

                समय बित्दै गयो । भोलि रोशनको घरमा बरखी थियो । त्यसको लागि सामानहरु तयारी हुँदै थिए । सुबि पनि नेपाल आइसकेकी थिइ । भोलिपल्ट बरखीमा गए । आफुमा केही गुमे गुमे जस्तो आभाष भएको थियो । कुनै साथी थिएनन । सुबिको उपस्थितिले सबै बाल्यकालको झल्को देखाइराखेको थियो । कति धेरै सम्झिए रोशन र सन्देशलाई । केहिबेर खाना खान दिने ठाउमा सघाए र बेलुका पख घर फर्किए । बाटोमा आउदा सुनेको थिए -“सुबिको अब बिहे गर्दिने रे । उस्को मामाघर बाटै अन्माउने रे । अनि घर जेठीलाई छोडेर माइला कान्छिसंग सहरमा बस्ने रे ।” रोशनका बा लाई प्राय सबैले माइला भनेर बोलाउथे ।

                    सुबिसंग बिहे गर्ने भैयो अब झट्टै । मेरो मनमा यहि कुरा खेलिरह्यो । कस्तो आनन्द आएको मलाई । सम्झिदा पनि मन फुरुङ भएको । विभिन्न सपना बुन्दा बुन्दै म घर पुगे ।

©XtBisu

About Admin 94 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*