सन्ध्या ” एक अधुरो प्रेम कहानी “

भन्छन् “जे बित्यो त्यो बितिसक्यो , हामिले त्यसलाई छोडेर अगाडि बढ्नुपर्छ ।” सायद यहि भएर नै होला देख्दै नदेखेका भगवान ले हाम्रो दुबै आँखा टाउको को पछाडि पट्टि नदिएर अगाडि अनुहार तिर बनाईदिए । ताकी हामिले चाहेर पनि सदाको लागि या केहि लामो समय सम्मको लागि अतितलाई नदेख्न सकौँ , अन्देखा गर्न सकौँ । यो कुरा अलग छ ” जरुरी छैन अतित सबैको राम्रो होस् । र राम्रो भएता पनि त्यस लाई फर्काएर फेरी दोश्रोपटक त्यसैसँग जिवन अगाडि बढाउन त सक्दैनौ नि । र खराब भएपनि उसलाई फर्काएर सुधार गर्न पनि सक्दैनौ । मान्छेहरु भन्छन् याद जस्को जस्तोपनि होस् तर ओँठमा मुस्कान दिएरै जान्छ । र मैले भन्छु याद यदि मुस्कान ल्याउछ भने साथसाथै बितेर गएका चोटहरु पनि लिएर आउछ । जुन चोटहरुले नै याद बनाईदियो । याद यस्तो शब्द रहेछ कि थाहा छैन त्यसमा कति गहिराई छुपेको हुन्छ । याद जुन खट्टा पनि हुन्छ र मिठो पनि । जिवनको सबैभन्दा अटुट र महत्वपुर्ण सम्बन्ध हुन्छ याद । कहिल्यै पनि झुट ठहराउन सकिदैन । कोहि साथ निभाउन् या ननिभाउन् तर जहिले पनि साथ निभाउछ यो याद ले । धेरै पटक यस्तो भयो कि म आफ्नो जिवनको कतिपय यादहरुबाट भाग्न चाहेँ तर पनि मेरो साथ छोडेन । यो याद साँचो जिवनसाथि जस्तै जहिले साथ दिन्छ ।

लेखक-नारायण पोखरेल

केहि बर्ष अगाडि म काठमाण्डौ देखि बुटवलको यात्रामा थिएँ । किनकी मेरो घर बुटवल मा थियो । बर्षको दुई तिन पटक घरमा जान्थेँ एक दुई महिनाको लागि । बसको यात्रामा आफ्नो सिट खोजेर बसिरहेको थिएँ । पछाडिबाट मधुरो स्वर मेरो कानलाई छुदै चारैतिर फैलियो । कोहि सानि बच्चि हासिरहेकी होली यहि सोँचेर जहाँबाट आवाज आईरहेको थियो त्यतै मुन्टो फर्काएर हेरेँ । म झस्किएँ ,अचम्मित परेँ ।बच्चिको जस्तो आवाज गरेकि त बिस् बाईस् बर्षकि जस्ति देखिने युबति पो रहिछे । कलिलो सुन्दर अनुहार देखेँ । जुन केटी केहि महिलाहरु सँग हाँस्दै कुरा गरिरहेकी थिई । म आफ्नो सिटमा त बसेको थिएँ तर उस्को त्यो हाँस्दै बोलेको दृष्यले मनमा हलचल बनाईदिएको थियो । दोश्रो मान्छेहरु बोलेको आवाज पनि कानमा गुन्जिरहेको थियो र पनि उस्को हाँस्दै बोल्दै गरेको आवाजले जितिरहन्थ्यो । मैले अरुको आवाज भन्दा उस्को आवाजलाई ध्यान दिईरहेको थिएँ । उस्को एक नजर ले मेरो मनमा तहल्का मच्चईरह्यो । थोरै समयको लागि बस रोकिएको थियो । मैले समय बिताउनको लागि झोलाबाट किताब निकालेर पढ्न लागेँ । दुई तिन पाना मात्र पढेको थिएँ होला तब मेरो कानको नजिकैबाट एक महिलाको आवाज आयो “सन्ध्या छिटो आईज , त्यहाँ कसैसँग कुरा गरेर नभुल ..” यो सुनेर उ अझै डौडदै हाँस्दै अगाडि बढ्दै गई र पछाडि पछाडि आफ्नो मुस्कान र हाँसो को गुन्जन् छोड्दै गई । केहि समय पछि उ फर्कदै थिई मैले भने उस्को बाटो हेरिरहेको थिएँ । यो भान मलाई तब भयो जब सुन्दर र साधारण तेज अनुहारमा मुस्कान् भएकि सन्ध्यालाई देखेँ र उस्ले एक झट्कामा नै मसँगबाट मेरो आफ्नोपन लुटेकि थिई । उ आफ्नै मस्तिमा फर्किएकि थिई । जब जब उ नजिकीदै आईरहि तब मैले किताब पढ्ने बाहाना गरेँ । बाहाना किताब तर नजर र मन सन्ध्या । अचानक उ मेरो सिट नजिकै आएर “excuse me ” भन्दै थिई मैले उस्लाई हेरिरहेँ । उस्ले फेरि बोलि ” हेल्लो म सन्ध्या , के मैले थोरै समय तपाईको किताब पढ्न सक्छु ? ” उस्को त्यो जादुवाला आवाजको अगाडि के कुरा गर्न सक्थेँ र ? मैले केहि नबोलि उस्लाई किताब दिएँ । उस्ले ” थ्यांक्यु ” भनेर आफ्नो सिट तिर गई । बस बुटवल गएर रोकियो । म पनि सबै सँगै बस बाट उत्रिएँ । बसलाई टाढा टाढा दुरिमा बढाउदै अझै अगाडि बढिरहेँ । दुई तिन पटक मैले मुन्टो मोडेर पछाडि हेरेँ । सन्ध्यालाई त्यहाँ देखेको थिएन र अगाडि बढिरहेँ । थोरै अगाडि गईसकेको थिएँ फेरि उहि आवाज आयो ” excuse me ” पछाडि फर्किएर हेरेँ । उहि सन्ध्या नै रहिछे । बिस्तारै डौडेर मेरो नजिकै आई र मेरो किताब फिर्ता गरिदिई । मेरो आँखामा आँखा जुदाएरै उस्ले “थ्यांक्यु ” भनि । तब मलाई यस्तो लाग्यो मानौ उ आँखाको माध्यम बाट मेरो मनमा उत्रिएकि थिई । उस्को आँखामा एक झलक हल्का चमक आएको जस्तो महसुस् भयो । फेरि उ केहि नबोलि गई ।

दोश्रो दिन म आफ्नो कामको लागि बाहिर निक्लदै थिएँ । उस्ले फोन गरि । उस्ले पुरै बयान गरेरै भनि की मेरो किताबको अन्त्यमा लेखेको नाम र फोन नम्बर उस्ले नोट गरेर राखेकि रहिछे । उस्ले भन्दै थिई उ पहिलो पटक बुटवल आएकि । र सिर्फ पाँच दिनको लागि । उस्ले बिना कुनै मन्जुरि ले मलाई भनि मैले उस्को लागि समय निकाल्नुपर्ने बुटवल घुमाउनको लागि । उस्को लागि यसरी भन्नु बिलकुल सामान्य थियो । जुन हक जस्तै गरेर उस्ले मलाई भनि मलाई दिवाना नै बनाईदिई नजिक बनाईदिई । बेलुकि उस्ले बताएको ठेगाना मा पुगेँ । उस्को आन्टीको घरमा । र उस्ले आन्टीलाई सबैकुरा बताई । पुरै पाँचदिन घुमाउनु थियो उस्लाई मैले र उस्को साथमा घुम्न पाउनु पनि पाँच दिन त थियो मेरो लागि पनी । दुई दिन सम्म बजारमा सपिंग र प्रसिद्द ठाँउहरु देखाउन लगेँ । तेश्रो दिन उस्लाई फिल्म देखाउन लगेँ । फिल्म सुरु हुनुभन्दा पहिले उस्ले मलाई भनेकि थिई । फिल्म पुरा नहुदा सम्म उस्ले मेरो हात समातेर बस्छे । तर तपाई ईन्कार गर्न पाउनुहुने छैन भन्दै थिई । किनकी उस्लाई अध्यारो देखी डर लाग्ने रे । जस्तो पुरै दुनियामा एक्लै छु भन्ने लाग्छ उस्ले भनेकि थिई । मैले कुनै पनि नाई नास्ति गर्न पनि सकेन । फिल्म पुरा भएपछी उ निकै खुशी देखिएकी थिई ।
दिनहुँ शुर्य अस्ताएपछि हामी तलाउको किनार मा गएर बस्थ्यौँ । प्राकृतिको त्यो स्वरुप उस्लाई राम्रो लाग्थ्यो । उ पुरै समय बोलिरहन्थि हाँसिरहन्थि । सँगै बसेको म एकटक हेरिमात्र रहन्थेँ । उस्लाई थाहा थियो कि म एकटक ले हेरिरहेको छु । जब उ बोल्दा बोल्दै मेरो आँखामा हेर्थि त उस्को आँखामा एक अनौठो चमक आएर बस्थ्यो । र पुरै अनुहार रातो देखिन्थ्यो ।
चौथो दिन उस्लाई आफ्नै कारमा लामो यात्रामा लिएर गएँ । लुम्बिनी यात्रा । त्यहाँबाट दुई घण्टा यात्रा गरेर जानुपर्थ्यो । त्यो दिन पनि उ फुर्तिलो स्वभावमा नै देखिन्थि ।कहिले अचानक डौडेर अगाडि जान्थि त कहिले मलाई पनि धकेल्दै आफुसँगै कुदाउथि । कहिले उफ्रने डोडने गर्थि त कहिले आफ्ना खुट्टा एकैठाँउ राखेर हात फिँजाउदै घुम्थि । त्यो दिन सन्ध्या बिलकुल चरा जस्तै उडिरहेकी थिई । उस्को हरेक लचक मन मस्तिस्कमा गुन्जन लायक थियो । उस्को अनुहारमा चमकता झल्किरहेको थियो । छाल हानिरहेको थियो त्यो चालहरुले मलाई । मैले एक पल पनि नजर हटाउनै सकेन । चल्दै गर्दा एक किनारामा अचानक मेरो हात समातेर एक ढुंगामा बसाई मलाई । आफु भने मेरो अगाडि उभिएर मेरो आँखामा हेर्न लागि ।
“के भयो सन्ध्या ?” मैले उस्लाई प्रस्न गरेँ । उ निरास जस्तै देखिन्थि केहि दया गर्न लागे जस्तै , भावनाहरु बोल्न लागे जस्तै ।
” तपाईको आँखामा चमकता छ । मलाई साँच्चि पागल बनाईदिन्छ यो तपाईको तेजस्वि आँखाले । मलाई वादा गर्नु कुनै पनि कारण यी आँखामा आँशु आउन दिनुहुन्न । भन्नु वादा गर्नुहुन्छ ? ”
“हुन्छ सन्ध्या वादा रह्यो ”
“यसरि हुदैन मेरो टाउकोमा हात राखेर भन्नु ” त्यति भनेर मेरो हात छोपेर उस्ले आफ्नो टाउकोमा राखिदिई
” भन्नु वादा पक्का ?”
जब मैले उस्को कसम खाएँ उ खुशी भएर डौडेर पन्ध्र बिस् पाईला अगाडि गएर रोकिई र भनि
” जाउँ , घर जाउँ अब ”

फर्कने बेला कारमा उस्ले आफ्नो टाउको मेरो काँधमा राखेर पुरै बाटो चुपचाप रहि । म भने यहाँ वहाँ , यता उताका कुराहरु गरिरहेँ । उ सिर्फ सुनिमात्र रहि । उस्ले जुन तरिकाले बिस्वास् गरेर आफ्नो टाउको मेरो काँधमा राखीदिई तब मेरो आत्मबिस्वास् बढाईदिएकी थिई । म आफुले आफैलाई गौरव मानिरहेको थिएँ ।
अब हामि उ बसिरहेको घरमा आईपुगेका थियौ । मैले कार रोकिदिएँ । सन्ध्या उदास हुन लागि । यतीका दीनहरुमा मैले पहिलोपटक सन्ध्याको अनुहारमा उदासीनता देखेको थिएँ । उस्ले मेरो हात समातेर बोलि
” मलाई तपाईसँगको साथ सुनौलो लाग्यो , र भोलि म जानुपर्छ । मलाई बस सम्म पुर्याउन आउनुहुन्छ ? ” उ मेरो जवाफ नसुनेरै कार बाट उत्रिई र डौडेर गई ।
दोश्रो दिन मैले उस्लाई बस स्टेसन सम्म लिएर गएँ । उ फेरि पहिले जस्तै लाग्न लागेकि थिई । जब मैले उस्लाई हिँजोको उदासिनताको कारण सोधेँ बस् उस्ले हाँसेरै टालिदिई । उभिएरै बस कुरिरहेका थियौँ । उस्ले भनि
” मैले आफ्नो ठेगाना र टेलिफोन् नम्बर दिएकि छु तर अझै एउटा वादा गर्नुपर्छ । दुई महिना सम्म तपाई मलाई भेट्न आउनुहुने छैन । ठिक दुई महिना पस्चात तपाई काठमाण्डौ आएर मलाई भेट्न सक्नुहुन्छ । ”
“सरप्राईज होला ?” मैले नरम भएरै भने । म साँच्चि परेसान भईरहेको थिएँ । किन दुई महिना पस्चात मात्र भेट्ने भन्छे ? र मैले सोधेँ ” सन्ध्या तिमी बिरामी त छैनौ ? ”
“छैन ”
“बिहे गर्न लागेकि छ्यौ ? ”
उ जोडले हाँसि र भनि ” होईन त्यस्तो केहि होईन , तर मेरो लागि तपाईले वादा गर्नुहुन्न ? ” मैले हुन्छ भनिदिएँ ।
उ गएपछि मेरो लागि एक एक पल/ क्षण काट्न भारि भारि भएको थियो । दिनहरु काट्न कठिन भएको थियो । हर एक क्षण उसैको हाँसो – बोलाई , उठाई – बसाई , डौडाई- उफ्राई याद आउदा आउदै मेरो मन नै बेचैन हुन्थ्यो । मेरो मन मा सन्ध्या यस्तो तरिकाले बसेकि थिई कि बस् म सन्ध्यामय भएको थिएँ । यस्तो लाग्थ्यो कि अझै पनि उ पल पल मेरो कान वरिपरी ” करण – करण” भन्दै यता उता गरिरहेकि हुन्छे ।
उ गएको दुई महिना के काटेको थिएँ लाग्थ्यो दुई जन्म काटिरहेको छु । मैले यो दुई महिनाको डौडान् मा तय गरिसकेको थिएँ कि म अब काठमाण्डौ गएर सन्ध्यालाई बताउछु । कति चाहन्छु उस्लाई भन्ने कुरा । उस्लाई यि दुई महिना कसरी काटिरहेँ यो बताउछु । प्रेम भाव दर्साउछु । र उस्लाई आफ्नो जिवन संगिनी बनाई आफ्नो घर लिएर जान आएको पनि भन्छु । मलाई लाग्छ उस्ले पनि प्रेम गर्छे म सँग ।
दुई महिना पुरा भयो । म जब उस्को घर गएँ मेरो मनले धेरै नै ढोका ढकढकाईरह्यो । मनमा अनेकौ कुराहरु खेलिरह्यो । यो सरप्राईज के पो दिन लागेकी हो ? सन्ध्याले मलाई देखेर कस्तो रियाक्ट गर्छे होलि ? यि कुराहरु सोँचेर मेरो हालात खराब भईसकेको थियो । र सोँच्दै पनि थिएँ सन्ध्यालाई भनेर बिहेँ गरेँ भने उ कस्ति देखीन्छे होला ? बिहेको श्रींगार मा त उ पहिले भन्दा फरक नै देखिन्छे होला । वाह रे सोँच केहि बेर सोँच्दा पनि आनन्द मिल्छ त बिहे मण्डप मा बस्दा त ..”
यस्तै यस्तै तरंगहरु बोकेर हिडिरहेको थिएँ । उस्को घर पुगेर मैले ढोका ढकढकाएँ । ढोका खुल्यो । मेरो अगाडि ४५/४६ बर्ष जत्तिकै देखिने महिला उभिएकि थिईन् । मैले आफ्नो परिचय दिएँ । भनेँ ” म सन्ध्या सँग मिल्न चाहन्छु ।” केहि नबोलि ति महिलाले मलाई भित्र आउने इसारा गरिन् । मलाई अझै भित्रको कोठामा बसाएर गईन् । केटाकेटि आएर मलाई पानिको गिलास थमाएर गए । सन्ध्याको बाटो हेर्दै मैले यता उता हेर्दै रहेँ ।कोठाको सजावट हेर्दा लाग्थ्यो धेरै सम्पन्न परिवार रहेछ । एक सफा पलंग को सिधा माथी सन्ध्याको फोटो झुण्डिइरहेको थियो । त्यै पनि मनलाई छुने मुस्कान सँगैको फोटो । तिनै महिलाले नै फेरि आएर एक लिफाफा थमाईदिईन् र पढ्न को लागि अनुरोध गरिन् । मलाई थाहा थियो केहि कुराहरु पनि बताउनेको तरिका सन्ध्यामा बिलकुल फरक थियो ।त्यसैले उस्ले के सरप्राईज दिनेवालि छ त्यो जान्नको लागि मैले लिफाफा खोलेँ । भित्रबाट सन्ध्याको उहि सोफा माथिको मन छुने फोटोको सानो कपि थियो । र कागज पनि । कागज निकालेँ । धड्किरहेको मनलाई थमाएर मैले पढ्न सुरु गरेँ ।

“करण ,
मलाई थाहा छ , तपाईले दुई महिना कसरि काट्नुभयो । तपाईले सोँच्नुभएको होला कि सन्ध्या कस्ति मन नभएकि केटी ? तर मेरो साथमा अरु बाहाना नै केहि थिएन । मैले घर परीवार लाई भनेकी थिएँ आज तपाई आउने कुरा । र मलाई भेट्न तपाई जरुर आउनुहुन्छ त्यो मलाई थाहा थियो । त्यसैले तपाईलाई यहि कोठामा यो पत्र दिनु लगाएकि थिएँ । मलाई थाहा यो पनि छ कि तपाई मेरो फोटोलाई कति प्रेम भावले नियालिरहनु भएको छ । मैले जब दुई महिना पहिले नै तपाईको किताब फिर्ता गर्दै थिएँ तब बाटै मैले पत्ता लगाएकि थिएँ तपाई मलाई प्रेम भावले हेर्नुहुन्छ भन्ने कुरा । त्यहि समयमा नै मैले तपाईको चम्किलो आँखाको भाव बुझिसकेकी थिएँ । तर करण तपाईले मलाई माफ गर्नुपर्ने हुन्छ । तपाईको अगाडि म आज माफि माग्नु लायक मात्र रहेँ । तपाईलाई मैले पहिले नै बताउन चाहेको थिएँ तर सकिन । मैले अरु कतै वाचा गरीसकेकी थिएँ । र तपाईलाई मेरो कसम् एक थोपा पनि आशु नबहाउनु । र तपाईले मलाई प्रमिस पनि गर्नुभएको थियो । र तपाईका ति चम्किला आँखा लाई पानिले भिजाएर मन्द ( निभ्दै गरेको बत्तिजस्तै ) देख्न चाहदिन । के आँशु बगाएर मलाई पनि आफ्ना आँखाबाट बगाउनुहुन्छ ? प्लिज मेरो लागि हो भने तपाईको आशुहरु यो जन्ममा बेकार नै रहन्छन् । मेरो त्यहि त बस्ने ठाँउ छ त्यो पनि दिनुहुन्न होला त ? जब हामि मिल्यौ तपाईलाई हेर्दै थाहा पाएकी थिएँ प्रेम कसरी हुन्छ । कुनै समय नचाहिने कुनै बाहाना पनि नचाहिने बस् एक नजरमा नै हुदो रहेछ प्रेम । जब अन्तिम दिन तपाईको काँधमा टाउको राखेकि थिएँ हो त्यसै गरि जिवन भर टाउको राखेर बस्ने चाहाना मलाई पनि नआएको कहाँ हो र ? त्यो क्षण एक यादगार क्षण नै बन्छ अब । तर मैले तपाईलाई दुखी देख्न चाहदैनथेँ । त्यसैले नै यो कुरा छुपाएर राखेकि थिएँ । अनि म जतिपनी समय तपाईसँग बिताएँ , हाँस्दै रहेँ .. बोल्दै रहेँ ..!! म तपाईको साथमा नै हुनेछु तपाईकै वरिपरी एउटा याद जस्तै बनेर । हर पल साथ साथ हुनेछु त्यो मलाई थाहा छ । कहिले पनि आफुले आफुलाई एक्लो महसुस नगर्नु । जुन सुन्दर क्षण म तपाईको साथमा हिडिरहेकी थिएँ त्यो मेरो जिन्दगिको सबैभन्दा ठुलो रमणिय र अबिस्मरणीय क्षण हो । तपाईले मेरो मनलाई धेरै आनन्दीत बनाईदिनुभएको थियो । एक फेरी अर्को वादा गर्नु थियो , अर्को जन्म मा केहि पल को लागि पनि आफुबाट टाढा नराख्नु मलाई । म तपाईको जिवन संगिनी बन्ने सपना लिएर आउने छु पुरा गर्नुहोला ..!!”

मेरो पुरै अस्तित्व सुन्य भएको थियो । जुन सपना लिएर म काठमाण्डौ आएको थिएँ ति सबै च्यातिए , कतै च्यापिए , लछारिए , पछारिए , टुक्रा टुक्रा भए र पनि मैले सम्हालिरहेँ । सपनाहरु भारि बने र ति सपनाहरु बोक्नुपर्दा मेरो शरीर थकित जस्तै बन्यो । लाग्थ्यो मेरो हर एक अँग जुठो भएको छ जब मन नै जुठो बनेको थियो । मेरो घाँटिमा रोदन अड्किएको थियो । मेरो आँखाको परेलिको किनारा मा आँशुहरु छटपटिईरहेका थिए । छालहरु हानिरहेका थिए । शराप दिदै थिए मलाई आँशुहरुले । यस्तो तरिकाले आँशु अड्किएको थियो कि यदि सन्ध्यालाई अक पल पनि नभुलेर गरेको वादालाई भुल्न सक्थेँ त सायद सपनाहरु नदि बनेर बगेर जान्थ्यो । यति बर्षसम्म पनि म आफ्नो आँशुलाई परेलिमा नै थामेर दुनियादारी निभाईरहेको छु तर यो स्वास् रोकिने नाम नै लिईरहेको छैन । 🙁

About Admin 95 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*