सिन्धुलीमा जीप दुर्घटनाः चार जनाको मृत्यु, ७ जना घाईते

२० कात्तिक, काठमाडौं ।
सिन्धुलीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–५ पर्तिबेंसीमा गएराति बेलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा फिक्कलका ४० वर्षिय अमरबहादुर दर्लामी, ४० वर्षकै रामप्रसाद बराल, ५९ वर्षिय दिपबहादुर मगर र ६० वर्षिय नरबहादुर बलम्पाकी रहेको सिन्धुलीका प्रहरी प्रबक्ता डिएसपी बिनोद शर्माले जानकारी दिए । घाइते ७ जनालाई राति नै ललितपुरमा रहेको बि एण्ड बि अस्पतालमा उपचारका लागि पठाइएको डिएसपी शर्माले बताए ।

भुकम्पको राहात रकम बुझेर फर्केकाहरु चढेको बा ७ च ३६९५ नम्बरको बोलेरो जीप राति ९ बजे पर्तिबेंसीमा उकालो चढ्न नसकेपछि ब्याकगर्ने क्रममा दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा सामन्य घाइते भएका चालकलाई नियन्त्रणमा लिइएको छ ।

About Admin 94 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*