‘सुनकेसरी’को पोष्टरमा डरलाग्दी ऋचा

काठमाडौं –‘आधा लभ’ मार्फत निर्माणमा समेत देखिएकी अभिनेत्री नायिका ऋचा शर्मा निर्मित चलचित्र ‘सुनकेसरी’को पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा अभिनेत्री ऋचाको रुप डरलाग्दो देखाइएको छ ।

ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा ‘सुनकेसरी’ निर्माण गरेकी हुन् । अर्पण थापाले निर्देशन गरेको यो चलचित्रमा ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अष्ट्रेलियन दरबार बुटिक होटलका पाहँुना र भुत प्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको चलचित्र अष्ट्रेलियामै छायाँकन गरिएको हो । २ करोड लागतमा निर्माण गरिएको बताइएको चलचित्रका शर्मिला सापकोटा र धर्मराज अधिकारी सह–निर्माताको रुपमा रहेका छन् ।

चलचित्रका कार्यकारी निर्माता मनोज अधिकारी र अर्पण थापा हुन् । यसको प्रदर्शन मिति अहिले सार्वजनिक गरिएको छैन ।

About Admin 95 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*