स्वतन्त्रता

लेखक – राजु झल्लु प्रसाद

यस्तै लाग्छ,
नियतिको निर्मम नाटकमा नाचिरहेको नग्न नटुवा हु म !

***
आज पनि हाई काट्दै ब्युझियो- मेरो प्राइभेट जिन्दगी,
मेरो दिग्दारी कटकटिएको विस्तारामा !

 

माइ प्रिय पराइ मान्छे !
म तिम्रो गल्लीतिर निस्किएको छु, मर्निङ वाँकको बहानामा !

तिम्रो शहर हिजो राती अन्तिम प्याग जाँड घुट्काएर लडेको थियो, !
अहिलेसम्म सुतिरहेछ स्वाँठ !

***

मलाई रिस उठ्छ !
मस्त निदाएको तिम्रो शहरको छातीमा म मेरा पदचापहरु बजार्दै हिडिरहेको छु !
यसरी हिड्दा म आफुलाई स्वतन्त्र पाइरहेको छु !

कुकुरहरु ब्युझिन्छन् ! म माथी हमला बोल्छन् !
मेरो रिस शान्त हुन्छ ! बस्छ !

म आफुलाई यसबेला निकै एक्लो पाउछु ! विवश पाउछु !

साच्चै प्रिया !
एक्लो हुनु पनि स्वतन्त्रता होइन र ?

***
चुरोट पिउदै हिडिरहेथे !
जुनको मलामी गएर हास्दै/रमाउदै आएका जुनकिरीहरुलाई रोक्छु !

मलाई मृत्यु बहेद सुन्दर लाग्यो !
वा, जिन्दगी बेहद कुरुप लाग्यो !

हाहाहाहा,……म मज्जाले हास्छु ! र सब जुनकीरीहरुलाई मारिदिन्छु !

स्वतन्त्रता – एक मुस्कान।

***
म खुसी हुन्छु !
जुनकीरीहरुले म भित्र थप उज्यालो हौसला चम्काइदिएका छन !

र,
बिस्तारै क्षितिजमा चमक देख्छु !
त्यो चमकदार पुलिन्दा हेर्दै, शहरको ब्यस्तचोकमा गएर
एक कप मस्त दूध चिया पिउछु ! आफ्नो जिउ तातो बनाउछु !

मलाई सुर्यको मलामी गएर फर्किने मन हुन्छ, अब !

***

म सुर्यको हत्या कसरी गर्न सकिन्छ ? कस्तो कदम चाल्नुपर्छ अब मैले ? केकस्तो हतियारको प्रयोग गर्नुपर्ला ?

मध्याह्न भै’सकेको छ !
म सुर्यको हत्या गर्न पुर्ण तयार भैसकेको छु !

Dear readers !
यो युद्दको कमाण्डरिङ मेरो प्राइभेट जिन्दगीले गर्दै छ !
मैले मेरो प्राइभेट जिन्दगीलाई,
मेरो यो लडाइँको पर्सनल सेनापती बनाएको कुरा, साचो हो !

***

युद्द सुरु हुदानहुदै, मेरो प्राइभेट जिन्दगी मेरै पैतालामुनिबाट चोर बाटो अप्नाएर गुमनाम हुन्छ !

मैले म बिरुद्धको युद्द हारे !
अब मेरो पर्सनल एक थान खोपडीमा
एउटै मात्रै ख्याल आउँछ !
र, त्यो हो- आफ्नै हत्या !

***

आफ्नो हत्या गर्ने मेरो हरसंभव/हरकोसिस,
म प्रती हार्दिकता देखाएर हिडि जान्छन !

मृत्यु जहिले मसँग हासीमजाक गरिदिन्छ यार !
हाहा, म फेरि हास्छु !

***
हास्दाहास्दैँ दुर क्षितिजमा मेरो विपक्षी सुर्य, मेरै आँखाभित्र अस्तायो !

माई प्रिय readers !
विधु

About Admin 95 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*