नर्सको चाप्लुसी या चोखो माया ?

विवाह भएको धेरै भएको थिएन । हनिमुन पनि जानै थियो हामी । अलिक सोझो नै थिए म । लाज सरमले कामुक कुराहरुमा अलिक अग्रता नै लिन्थ्यो । त्यसैले होला केटाहरुले पनि बाटोमा कोहि केटी देख्नी बित्तिकै मलाई समातेर जिस्काउन थाल्थ्ये । रातको समय , चुकुल लगाएको थियो । बुढी र म भित्र खाटमा पल्टिराखेका थियौ । अनि बिस्तारै उनलाई भने,” अब त तिमीले बाबू,नानी खेलाउनी होला नि ”

उनमा लाज भन्नी कत्ती पनि थिएन । यस्ता यौनको विषय खुलेरै गर्न सक्थ्यी । सायद पढाइको विषय पनि त्यही भएर होला । हस्पिटलमा नर्स थिइ , सुरक्षित साधन पनि आफैले हस्पिटल बाट बोकेर आउथ्यी । उस्ले हातमा थमाउदा उल्टै मलाई लाज लाएर आउथ्यो । मलाई बाबा हुने रहर अत्ति नै थियो । त्यसैले उनलाई हनिमुन जाने कुरा राखे । उ सुरुमा त अप्ठ्यारो मानी तर मेरो रहरलाई पनि नाई भन्न सकिन ।

केही दिन पछि हामी लाग्यौ पोखरा शहर । प्रकृतिले भरिपूर्ण शहर , मन नै लोभ्याउने शहर । त्यही प्राकृतिक सहरमा म आफ्नो प्रकृतिको रस पिउन जादै थिए । दिउँसो घुमफिर गरेपछी हामी lakeside को होटेलमा लाग्यौ । पहिले नै बुकिङ भैसकेको थियो । रिसेप्सनमा कुरा गरिसके पछि हामीलाई helper ले कोठामा पुर्याइदियो । झोला बिसायौ अनि खाना खान झर्यौ । खाना खाइवरी हामी तालको रात्री दृश्य हेर्न गयौ । फर्किदा त्यस्तै १० बजेको थियो होला । अनि हामी कोठामा आयौ न एकैछिनको विश्राम पछि हामी एक अर्कोमा लडिबुडी गर्न लाग्यौ !!! कहिले मेरो माथी उनी त कहिले उ माथी म ।

हामी केही दिन पछि घर फर्कियौ । उनको पनि छुट्टी कम नै थियो । त्यही भएर हामी धेरै दिन भुल्न पाएनौ !! त्यहि पनि म मा खुसी नै थियो । किनकी अबको ९ महिना पछि म बाबा बन्नेवाला छु अनि मेरी आमा हजुरआमा । नर्स उहीँ थिइ त्यही भएर मलाई भन्ने गर्थी -” मेरो स्वास्थ्यको चिन्ता नगर्नुहोला , समस्या परेमा म आफै डाक्टरसंग सम्पर्क गर्ने छु । ” उनको यहि कुरा मलाई साह्रै मन पर्थ्यो । आफ्नो हेरचाहा आफै गर्न सक्ने थिई । त्यही भएर पनि म अलिक ढुक्क थिए !!

एकदिनको कुरा हो । उनले हस्पिटलमा night duty छ भन्दै थिइ । म बाहिर गएको समय थियो अनि आमा गाउँ जानुभएको थियो । म घर फर्किन समय लाग्ने भएर खाना खाएर जाउ भने । अनि म घर फर्किए । उनी थिइनन् । म किचनमा गएर खाना आफै पस्केर खाए । अनि सुत्न कोठामा गए । सामान छरपस्ट थिए । यता उता सारेर सुते । विहान पनि ढिला उठेछु । बुढीलाई फोन हाने mobile switch off थियो । मन आत्तियो । खिन्न भइ भइ कोठा मिलाउन तिर लागे । सफा गर्दा एउटा कुनामा tablet देखे । हेरेको iPill लेखिएको थियो । म झस्किए । कुनै बेला एउटा साथीलाई मैले hospital बाट ल्याइदिएको थिए। त्यसैले त्यस्को पयोग मलाई राम्ररी थाहा थियो । अनि सोछे, hospital को फोहोर झुक्किएर पर्यो होला ।

सिरानी मिलाउदै थिए । अनि एउटा कागज भेट्टाए । खोलेर हेरे त्यहा लेखिएको थियो, “हाम्रो विवाह तपाईको जबर्जस्तीले गर्दा भएको हो । मलाई तपाईमा कुनै interest छैन् । र म तपाईंको बच्चाको आमा बन्नु पनि छैन् । मैले औषधि सेवन गरिसकी थिए । जून हजुरलाई सुनाउन अनि जरुरी थिएन । म धेरै टाढा पुगिसकेको हुनेछु यो पत्र तपाईले पढिसक्दा । त्यसैले मलाई खोज्ने प्रयास नगर्नुहोला ।”

म झसङ्ग भए । छागाबाट कसैले खसालेको झै माने । हिजो रातीको ह्याङ पनि सकिएकी थिएन । साथीले म नेपाल छोड्दै छु अब तिमीहरुसंग अन्तिम बसाई होला भन्दै एक्कासी पार्टी दिएको थियो । मलाई खाना खान पनि मन लागेन । अनि आमालाई फोन गरे र सब सुनाए । आमाको बोली बन्द भयो । ठुल्बालाई फोन गरेर आमाको ख्याल राख्न भने । तल होटेलमा खाना भनेको थिए । cancel गरे । अनि त्यही साथीलाई फोन गरे ,”तेरो पार्टी मेरो लागि चुना साबित भयो यार ” यस्तो भन्दै दुख पोखे ।

साथीले सुरुमा निकै चाख लाएर सुन्यो । मेरो मन बुझ्ने धन्न यहि एउटै छ लाग्यो । अनि बिस्तारै मुख खोल्यो,” मैले त पहिल्यै भनेको थिए नि नि नर्स संग बिहे नगर भनेर । अनि तैले मानिनस् अब के गर्छस् ? बिहे पनि जबर्जस्ती बाउआमालाई फकाएर केटीको मन्जुरी बिना गरिस् अब परिणाम भोग । ” यति भन्दै उस्ले फोन काट्यो ।

हुन त त्यस्ले पनि मलाई आफ्नो कुराहरु सब सुनाउथ्यो । त्यहि भएर त हो उस्लाई म पनि कुरा राख्न नहिच्किचाएको !! अनि सोचे फोन किन काट्यो ? फेरि फोन हाने, मोबाइल switch off भन्यो । हुन त हिजो नेपाल छोड्दै छु भन्दै थियो । सायद वोडर कट्यो होला । अनि एक्कासी सझिए त्यस्ले अलिक पहिला भनेको कुरा,” मेरो एउटी नर्स संग love पर्या छ यार …..”
फेरि सम्झिए “त्यो नर्सको बिहे हुने भयो यार………”
अनि फेरि सम्झिए हिजो राती पार्टीको बेला भनेकी कुरा,”सायद हनिमुन पनि गइ होली, अब कि बुढालाई उडाउछु कि बुढीलाई भगाइदिन्छु…………”

————-**********———-*************——-

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*