Srijanaka Thunga Haru – सृजनाका थुङ्गाहरु(Nepali Gajal)

सृजनाका थुङ्गाहरु फुल्न थाल्छन बिहानीमा
भावनाका शब्दहरु खुल्न थाल्छन बिहानीमा

स्वप्नमा हराएका यी निन्द्रामय आँखाहरु,
उनको मुहार वरिपरि भुल्न थाल्छन बिहानीमा

आशाको किरण लिएर मनका तरङ्गहरु ,
शितलु यो हावाले झुल्न थाल्छन बिहानीमा

उनका ती प्रेमपूर्ण मधुर कोमल वाणीहरु,
मेरो स्मृति वरिपरि डुल्न थाल्छन बिहानीमा

रमाइला सुखमय पहिलेका ती पलहरुलाई,
‘विज्ञान’का सम्झनाहरु बटुल्न थाल्छन बिहानीमा

विज्ञान दर्शन

About Admin 95 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*